728x90 AdSpace


  • ताजा समाचार

    Thursday, February 9, 2017

    आगोलागी न्युनिकरण गर्नको लागी ताराखोलामा सचेतना कार्यक्रम

    रेडियो गलकोट ।
    जुल्फे सामुदायीक बन ताराखोलाले खडेरी मौसममा हावाहुरीले गर्दा आगालागि हुन सक्ने भन्दै सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

     गर्मि मौसम सुरु भएसँगै सामुदायीक बनमा उपभोक्ताहरुलाई आगालागी न्युनीकरण सम्बन्धी सचेतना अभियान सूरु गर्न लागीएको बनका अध्यक्ष राजकुमारी गौतमले बताउनुभयो ।
    फागुन, चैत्र र बैशाख महिनामा आगालागीको सम्भावना बढि हुने भएकाले आगालागीबाट      मानवीय धनजनको क्षेती  हुन नदिने  उद्धेश्यका साथ जूल्फे सामुदायीक बन तारा १,२,५,६,७,र ८का उपभोक्ता समुहले जङगल जोगाउ अभियान सञ्चालन गरेका हुन ।

    आगो लागी हुन नदिन र जङगल तथा बन्यजन्तु र वातावराण सफा राख्नको लागी सुचना पाटी तयार गरेर ताराखोलाको मूख्य  बजार चोक  गाँउ र जङगल प्रवेश स्थलहरुमा सुचना पार्टी राखिने अध्यक्ष  गौतमले बताउनु भयो ।

    बनले ताराखोला गाबिस भित्रका सरकारी तथा गैरसरकारी संद्य सस्था, क्लब, आमा समुह, बिद्यालय लगायतमा समेत आगलागी न्युनिकरण सम्बन्धि जानकारी गराउने जनाएको छ ।
    जसअन्तगर्त फागुन १ गते देखी ताराखोलाको करिमेला , रानीवास, छेल्दोर, मपेस, नाङगी, उपल्लो नाङगी , औलाडी चम्पारी लगाएको स्थानमा  सुचना पार्टी राख्ने त्यसैगरी दुर्गा भवानी माध्यामिक विद्यालय तारा ६ बुङती, जुल्फ प्रावी तारा ७ नाङगी ,लावाङ प्रावि तारा १ तथा स्थानीय आमा समुहसंग आगोलागी र बन संरक्षरण सम्बन्धी सुचना  सम्पे्रसगर्ने जुल्फे सामुदायीक बनका सचिव नारायण घर्तीले जानकारी दिनुभएको छ ।

    • Facebook Comments
    Item Reviewed: आगोलागी न्युनिकरण गर्नको लागी ताराखोलामा सचेतना कार्यक्रम Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top