728x90 AdSpace


  • ताजा समाचार

    Thursday, February 16, 2017

    गलकोट बहुमुखि क्याम्पसमा दुई बिद्यार्थी संगठनकोे उमेद्धारी दर्ता,सभापतिमा भण्डारी र खत्रिको दाबेदारी

    रेडियो गलकोट, घनश्याम गौतम ।
    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन फागुन १४ मा नहुने भएको छ । प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीचको छलफलबाट निर्वाचन मिती सारिएको बताईएको छ ।

    प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो ।

    स्ववियु चुनाव फागुन २१ गतेलाई तोक्न सक्ने छलफल चलेको भएपनि गलकोटमा भने  पहिलेको निर्वाचन तालिका अनुसार उम्मेदवारी दर्ता भएको गलकोट बहुमुखी क्याम्पस निबार्चन समितिले जानएको छ ।

    गलकोट बहुमुखि क्याम्पस हटियामा दुई बिद्यार्थी संगठनले आफनो उमेद्धारी दर्ता गरेका छन । क्यापसमा क्रियाशिल नेपाल बिद्यार्थी संद्य र अखिल सयुक्तले आफनो संगठनको  प्रत्यक्ष र समानुपातिक उमेद्धारी दर्ता गराएको निर्वाचन संयोजक नवराज गौतमले बताउनुभयो ।

    संघबाट भण्डारी र क्रान्तिकारीबाट खत्रीको नेतृत्व 
     गलकोट बहुमुखि क्याम्पस हटियामा नेपाल बिद्यार्थी संगबाट सभापतिका लागी गुमानसिह भण्डारी, सचिवमा जमुना पुन, कोषाध्यक्षमा नबिना चालिसे, सदस्यहरुमा खिमा गौतम सुना, कमल परियार, दिपा गौतम, मघु खत्री रहनुभएको छ ।

    त्यस्तै अखिल सयुक्त बिद्यार्थी संगठनबाट सभापतिका लागी जिवनकला खत्री सरिता, सचिवमा कोपिला कार्की, कोषाध्यक्षमा सबिना घर्ति मगर, सदस्यहरुमा रेशम थापा, बसन्त कार्की, एन्जिला घर्ति मगर, संगिता कुबरको उमेद्धारी दर्ता भएको छ ।
    • Facebook Comments
    Item Reviewed: गलकोट बहुमुखि क्याम्पसमा दुई बिद्यार्थी संगठनकोे उमेद्धारी दर्ता,सभापतिमा भण्डारी र खत्रिको दाबेदारी Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top