728x90 AdSpace


  • ताजा समाचार

    Thursday, April 6, 2017

    नेपाली काग्रेस चुनाव तयारी बैठकमा

    रेडियो गलकोट, चैत्र २४ ।
    नेपाली काग्रेस गलकोट नगरपालिका वडा नम्बर ३ र ४ को चुनाव तयारी बैठक सम्पन्न भएको छ ।
     आगामि बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरि निर्वाचन समिति गठन गरिएको छ ।

    जसअन्तर्गत ओम बहादुर भण्डारीको संयोजकत्वमा वडा नम्बर ४ मा ३२ सदस्यीय समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा टिकाराम सुवेदी र दोणराज पौड्याल, सचिवमा रुद्र प्रसाद सुवेदी, कोषाध्यक्षमा निर बहादुर खड्का रहनुभएको छ ।

    त्यस्तै हेमराज गैरेको संयोजकत्वमा ६ सदस्यीय सल्लाकार समिति गठन गरिएको छ । त्यस्तै साबिक वडाका पदाधिकारी समितिको पदेन सदस्य रहने बताईएको छ ।

    यसैबिच वडा नम्बर ३ मा समेत बैठक सम्पन्न भएको छ । बैठकले निर्वाचनमा कसरी जान सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।

    • Facebook Comments
    Item Reviewed: नेपाली काग्रेस चुनाव तयारी बैठकमा Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top