728x90 AdSpace


  • ताजा समाचार

    Monday, May 8, 2017

    यसकारण भण्डारीको जित निश्चित छ ।

    गुमानसिंह भण्डारी , गलकोट /
    गलकोट नगरपालिकामा स्थानिय चुनावको मिति नजिकिदै जाँदा प्रत्येक वडा वडामा निकै रौनक तातेको छ । विभिन्न राजनैतिक दलका उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्नका लागि रस्साकस्सी गरिरहेका छन । स्थानीय तहको पद कार्यकारी हैसियतले पनि केही महत्वपूर्ण भएकोले यस विषयमा चर्चा हुने स्वभाकिबै हो ।
    नगरपालिकाको मेयर सँगै वडा अध्यक्ष र सदस्य हुनेहरुमा पनि धेरैले इच्छा व्यक्त गर्न थालेका छन् । गलकोटमा चुनावी रौनक निकै बढेको छ । गलकोट नगरपालिकाका ११ वटा वडामा दलहरुले प्रचारप्रसार अभियान तिब्र पारेका छन । जिल्लाको गलकोट नगरपालिकामा प्रमुख चार पार्टीहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राजमोको बाहुल्यता रहेको छ । सबै पाटीले आ आफ्नो पक्षमा जनतालाई मतदान गर्नका लागि निकै उत्साह पुर्वक लागेका छन ।
    गलकोट नगरपालिका वडा नं. ३ हटियामा त जिल्लाकै कान्छा उम्मेदवारको रुपमा बिरजङ भण्डारीले आफ्नो उम्मेदवार प्रस्तुत गरेका छन । २०५४ सालबाट नेपाली काग्रेसमा आवद्ध भई काम गर्दै आउनुभएका गलकोट नगरपालिका वडा नम्बर ३ धुस्तुङका भण्डारीले नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन । उनि नेपाली काँग्रेस साबिक हटिया गाबिसका पार्टी सभापति समेत हुन । स्कुल जिवनबाट नेपाल विद्यार्थीको राजनितिमा होमिएका भण्डारी नेपाल विद्यार्थी संघका जिल्ला सदस्य समेत हुन ।
    आम जनता माझ प्रभावशाली, बौद्धिक तथा लोकप्रिय युवा मानिन्छन् । उनी बिगत लामो समयदेखि समाज सेवा मा लागेका छन । विद्यार्थी राजनीतिमा सक्रिय भण्डारी नै सक्षम भएका र समाज परिवर्तनमा प्रत्यक्ष भूमीका राख्ने युवाहरुले नै समाजको नेतृत्व लिनुपर्छ भन्ने मान्यताका साथ उनको उम्मेदवार रहेको उनका नजिकका साथीहरुले बताउँछन ।
    उनलाई आम कार्यकर्ताले पनि निकै जोशिलो युवाको रुपमा लिएका छन । यसैबिच चुनावको संघारमा आईरहदा भण्डारी बाईक दुर्घटनामा पनुभएको छ । दुर्घटनाका क्रममा भण्डारीको दाईने खुट्टाको घुडामा चोट लागेपछि यतिबेला बैसाकिकै भरमा घरदैलो अभियानमा लागेका छन । डाक्टरले ३ हत्ता आराम गर्ने सुझाव दिए पनि आफनो ब्यक्तिगत जिवन भन्दा समाजका लागी केहि गनुपर्छ भन्ने मान्यताका साथ उनि अभियानमा सहभागी भएका छन । पुरानो पुष्ताको अनुभव लिने र नयाँ पुस्तालाई परिचालन गर्ने क्षमता भएका भण्डारीले वडा अध्यक्ष ढुक्कका साथ जित्ने स्थानियले आकलन गरेका छन ।
     भण्डारीको जित उनको ब्यक्तिगत जित मात्र नभएर समाजको जित हुने स्थानियको भनाई छ । उनलाई जिताउनका लागी यहाँका बुद्धिजिबि, समाजसेवी, युवा, महिला लागी परेका छन । भण्डारीले जित हासिल गरेपछि समाजमा केहि परिवर्तन आउने धेरैको अपेक्षा छ ।

    • Facebook Comments
    Item Reviewed: यसकारण भण्डारीको जित निश्चित छ । Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top