728x90 AdSpace


  • ताजा समाचार

    Monday, September 25, 2017

    उत्पादनमूलक काममा युवालाई लगाउन आफु प्रतिबद्ध रहेको अध्यक्ष भण्डारीको भनाई ।

    गुमानसिह भण्डारी, गलकोट
    समाज सुधार युवा मञ्च गलकोट नगरपालिका ३ को बडा दर्शै बिशेष कार्यक्रम आजदेखि सुरु भएको छ । कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बिरजङ भण्डारीले युवालाई रोजगारीका अवसर प्रदान गर्दै आयआर्जनमा लगाउन सकिए समाजमा शान्ति स्थापना गर्न सकिनेमा जोड् दिनुभयो ।
     भण्डारीले उत्पादनमूलक काममा युवालाई लगाउन आफु प्रतिबद्ध रहेको भन्दै त्यसका लागि काम गर्ने बताउनुभयो ।
    युवालाई समेट्न सीप र क्षमता अभिवृद्धिका काममा गलकोट नगरपालिकामा बिशेष जोड गर्ने उहाँको भनाई छ । उहाँले क्लबको नाम अनुसारनै समाज सुधारका काममा लाग्न आग्रह गनुभयो । आफनो ५ बर्षे कार्यकालमा समाज रुपान्तरण, युवा रोजगारलाई पहिलो प्राथमिकता रहेको भण्डारीको भनाई छ ।
    कार्यक्रममा नेपालि काग्रेसका जिल्ला सदस्य फम बहादुर खत्री, वडा सदस्य झहर बहादुर खत्री लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । क्लबले आजदेखि खुल्ला साबिक वडा स्तरिय भलिबल प्रतियोगिता सञ्चालन गरेको छ । दर्शै बिशेष कार्यक्रममा भलिबल सँगै बिभिन्न साँगितिक कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक गुञ्ज बहादुर खत्रीले बताउनुभयो । कार्यक्रम आगामि असोज ११ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
    • Facebook Comments
    Item Reviewed: उत्पादनमूलक काममा युवालाई लगाउन आफु प्रतिबद्ध रहेको अध्यक्ष भण्डारीको भनाई । Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top