728x90 AdSpace


  • ताजा समाचार

    Wednesday, January 10, 2018

    महिलाहरु समाजको हरेक क्रियाकलापमा अग्रसर बन्नुहोस् : उपप्रमुख काउचा

    रेडियो गलकोट, गलकोट ।–
    महिलाहरु समाजको हरेक क्रियाकलापमा अग्रसर बन्नुपर्ने गल्कोट नगरपालिका नगरउपप्रमुख रेनुका काउचा मगरले बताउनुभएको छ ।
    गलकोट सामुदायिक प्रहरी सेवा केन्द्र गल्कोटको आयोजना र गल्कोट नगरपालिकाको आर्थिक सहयोगमा  गलकोट नगरपालीका वडा नम्वर ३ को हटियामा मंगलबार आयोजित महिला नेतृत्व बिकास तथा न्यायमा महिलाको पहँच सम्बन्धी तालीमको उदघाटन गर्दै काउचाले यस्तो बताउनुभएको हो ।

     उहाँले सामुदायीक सेवा केन्द्रले गलकोट नगरपालिकासँग सहकार्य गरेर सञ्चालन गरेको कार्यक्रम प्रभावकारी भएको स्पष्ट पार्दै नगरपालिका भित्रका महिलाहरुलाई क्रियाशील बनाउनका लागी नगरपालिकाले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताउनुभयो ।

    कार्यक्रममा गलकोट नगरपालिकाका प्रसासकिय अधिकृति प्रदिपचन्द्र सुवेदी, गलकोट माद्यामिक बिद्यालयका प्रध्यानाध्यापक देबेन्द्र खत्री, गलकोट नगरपालिका वाड नम्बर ३ का वाड अध्यक्ष बिरजङ भण्डारी, नेपालि काग्रेसका नन्दराज शर्मा, नेकपा एमालेका सन्त पन्त, नेकपा माओबादी केन्द्रमा श्यामसुन्दर श्रेष्ठ,  राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

    कार्यक्रममा केन्द्रकी अध्यक्ष मञ्जु शर्मा चालिसे, गलकोट नगरपालिकाका वास संयोजक दुर्गा छन्त्याल, पशु प्राबिधिक चिन्तामणि शर्माले कार्यक्रमको सहजिकरण गरेका थिए । कार्यक्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसेको अध्यक्षता, कोषाध्यक्ष भगवती मल्लको स्वागत मन्तब्य र सचिव गणेश खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सञ्चालित कार्यक्रमले स्थानिय स्तरमा हुने सम्पुर्ण कार्यक्रमहरुमा महिलाको चासो र चिन्तनमा बृद्धि गराउनु, स्थानिय क्रियाकलापबाट सृजना हुने नेतृत्वमा स्वतस्फुर्त महिला अग्रसरता बढाउने, स्थानिय स्तरका कार्यक्रम तालिका निर्माण, ब्यवस्थापन , सञ्चालन र समापन गर्न महिलाहरुलाई सक्षम बनाउने, घरयासी र सामाजिक निर्णय परिपक्क रुपमा लिन सक्ने बनाउने र आफना समस्या खुलेर राख्न सक्ने बनाउने तालिमको मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ ।

    • Facebook Comments
    Item Reviewed: महिलाहरु समाजको हरेक क्रियाकलापमा अग्रसर बन्नुहोस् : उपप्रमुख काउचा Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top