728x90 AdSpace


  • ताजा समाचार

    Wednesday, January 25, 2017

    दुदिलाभाटी मा बृहत कृषि पर्दशनी मेला सम्पन्न

    बालकृष्ण सुबेदी ,गलकोट
    गलकोटको दुदिलाभाटीमा बृहत कृषि पर्दशनी मेला सम्पन्न भएको छ ।  मेलामा बोल्दै जिल्ला कृषि विकास कार्यालय बाग्लुङका बारिस्ठ कृषि विकास अधिकृत मदन थापाले कृषि पेसालाई मुल्य शृङखला प्रणालीमा लैजानुपर्ने बताउनुभयो । उहाँले कृषकहरुलाई कृषि खेतिलाई आधुनिकरण गरि औधोगिक क्रान्ति गनुपर्ने बताउनुभयो ।

    बढ्दो पर निर्भरता लाइ हटाउन ब्याबसायिक कृषिमा जोडदिनुपर्ने उहाँको भनाई थियो ।
    कार्यक्रममा बोल्दै कृषि प्रचार प्रसार अधिकृत बिप्लप अधिकारिले कृषिको व्यावसायिक विकास र बजारीकरणको लागि कृषकहरु एकजुट बन्नुपर्ने बताउनुभयो ।

    कृषि उपज प्रदशनले विभिन्न स्थानमा उत्पादन हुने उपजको बारेमा जानकारी दिनुका साथै कृषकहरूको पोत्साहनमा टेवा पुर्याउने विश्वास गर्नुभयो ।
    कार्यक्रममा नेपाली काग्रेसका हिम बहादुर खड्का ,नेकपा एमालेका तेजेन्द्र केसि , माओवादी केन्द्रका श्याम कार्की ,राष्ट्रिय जनमोर्चाका नेत्र बुढाथोकी र नयाँ शक्ति नेपालका बम तमु लगाएतले बोलेका थिए ।
    सो अबसरमा दुदिलाभाटि गाबिसमा ब्याबसायिक कृषिमा क्रियाशिल १४ जना कृषकलाइ सम्मान गरिएको थियो ।

    भैंसी पालन तर्फ नेत्र बहादुर खत्री ,बाख्रा पालन तर्फ नीर बहादुर पुन र पदम कुंवर ,कुखुरा पालन तर्फ टीका बहादुर भन्डारी र पदम कार्की ,बंगुर पालन तर्फ कर्ण बहादुर श्रीस ,माछा पालन तर्फ बम तमु लाई सम्मान गरिएको थियो ।
    त्यसैगरी ताजा तरकारी उत्पादन तर्फ गन बिक ,फलफुल तर्फ दुर्गा बुढाथोकी ,अलैंची तर्फ दिल बहादुर खत्री र सेर बहादुर भण्डारी ,आलु उत्पादन तर्फ हर्क बहादुर थापा ,माहुरी पालन तर्फ मीन बुढाथोकी र भेडा पालन तर्फ राम खत्रीलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।

    यसैबिच कृषि प्रदर्शनिमा मसलन्द बालिमा राधिका कार्की प्रथम, माया बुढाथोकि द्धितिय, मनप्रसाद बुढाथोकि तृतिय र सिता भण्डारी सान्तब्ना हुनुभएको छ । खनिज बालिमा रुपा खत्री प्रथम, देउमाया खड्का द्धितिय, लक्ष्मी खत्री तृतिय र चन्द्रा सुनार सान्तब्यना हुनुभएको छ । तरकारी बालि तर्फ होमबहादुर नेपाली प्रथम, मायादेबि खड्का द्धितिय, टेककुमारी खत्री तृतिय र दुर्गा राना सान्त्वना हुनुभएको छ ।

    फलफुलतर्फ दुर्गा श्रीस प्रथम, प्रेम खत्री द्धितिय, कर्ण श्रीस तृतिय र रिता भण्डारी सान्त्वना हुनुभएको छ । खाद्यान्न बालितर्फ माया बुढाथोकि प्रथम, छमि गौतम द्धितिय, अनिता कुमारी खत्री तृतिय, टिका बहादुर भण्डारी सान्त्वना हुनुभएको छ । नगदेबालितपर्फ रिता गुरुङ प्रथम, लक्ष्मी सुवेदी द्धितिय, मायादेबि खड्का तृतिय र प्रतिमा खत्री सान्त्वना हुनुभएको छ । कागतिमा जमुना गौतम, अम्रिसोमा होम बहादुर नेपाली, काक्रोमा खगेन्द्र श्रीस र बेलाउतिमा खिमा खड्का पुरस्कृत हुनुभएको छ ।

    सो अबसरमा स्थानीय महिला समूहहरुले सहभागितात्मक लोक गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
    कृषिमेला प्रदर्सनि मा खाध्यान बाली , नगदे बाली ,तरकारी ,फलफुल ,माछा ,बीउ बिजन लगाएतका कृषि उपजहरुको प्रदशन गरिएको थियो ।
    सोही अबसरमा घुम्ती कृषि शिविर समेत संचालन गरिएको थियो ।शिविरमा कृषकहरुका विभिन्न बोट बिरुवामा लागेका रोगको जाँच गरि औसधि बितरण गरिएको जिल्ला कृषि विकास कार्यालय बाग्लुङले जनाएको छ ।

    कार्यक्रम कृषि बन वातावरण समितिका अध्यक्ष लाल बहादुर रानाको अध्यक्षता तथा जीवन भणडारि र गुमानसिह भणडारिको सन्चालनमा सम्पन्न भएको हो
    कृषि मेला कृषि बन तथा वातावरण समिती दुदिलाभाटी को आयोजना ,ज्योति कृषि तथा पसुपालन सहकारी र जुनेली कृषि सहकारीको सह आयोजना तथा जिल्ला कृषि विकास कार्यालयको सहयोगमा आयोजना गरिएको थियो ।
    • Facebook Comments
    Item Reviewed: दुदिलाभाटी मा बृहत कृषि पर्दशनी मेला सम्पन्न Rating: 5 Reviewed By: Unknown
    Scroll to Top