728x90 AdSpace


  • ताजा समाचार

    Wednesday, January 25, 2017

    दुदिलाभाटीमा भुईस्याउ खेति !

    गुमानसिह भण्डारी ,दुदिलाभाटी।


    दुदिलाभाटी ४ सिरबारेका कृषकहरुले भुईस्याउको खेति गरेका छन । केही वर्ष अघि सम्म नाम नसुनेका उक्त गाउका किसानले भुँइ स्याउको व्यापक खेती गर्न थालेका छन् । एउटै झ्याड मुनी १५ कीलो सम्म फल्ने र विरुवा पनि सर्यौ उत्पादन गर्न सकिने भएपछि भुइस्याउ खेतीमा किसानको आकर्षण बढेको पाईएको छ ।



    करीव एक हजार दुइ सय उचाइ भन्दा माथि भुइ स्याउ फस्टाउने भएपछि उक्त गाउका धेरैजसो कृषकहरुले खेति सुरु गरेका हुन । तल्लो भेगमा भने बोट मर्ने समस्या रहेको दुदिलाभाटी ४ का कृषक यम बहादुर भण्डारीले बताउनुभयो ।



    भुईस्याउ काचै खान सकिने स्थानिय कृषकहरुको भनाई छ । गाउघरमा पाईने पिडालु जस्तो हुने भएकाले फलाउन सजिलो हुने भण्डारीको भनाई छ । भुइमुनी फल्ने यो फलबाट जुस, वाइन बनाउन सकिन्छ । यो फल खनिसकेर केहिदिन ओइलाउदा बैजनी रड.को हुने र त्यसपछि खाँदा स्वादिष्ट हुन्छ । यसलाई काँचै बोक्रा ताछेर खाने गरिन्छ ।



    यो फलमा चीनिको मात्रा कम हुने भएकाले विशेषगरी मधुमेह रोगी र तौल कम गर्न चाहनेका लागि लाभदायक मानिएको छ । यसमा पाइने फुक्टोजले पाचन प्रकृया चुस्त बनाउन र रेशाले दिसामा कव्जियत हुन दिदैन । विशेषज्ञहरुका अनुसार यसले हाड तथा दाँत मजबुत बनाउँछ । भुइस्याउमा चिनी, प्रोटीन, पोटासियम, क्याल्सीयम जस्ता पदार्थको मिश्रण रहेको पाइन्छ ।



    केहिवर्ष अगाडि देखि आएको भुइ स्याउ सुर्यमुखि प्रजातिको विरुवा हो । यसको फल एकै बोटमा धेरै लाग्ने र अदुवाको पाना जस्तो विरुवा धेरै उत्पादन हुने गदर्छ । यो वर्ष सिरबारेमा भुइ स्याउको विरुवा समेत धेरै लगाएको बताईएको छ ।
    • Facebook Comments
    Item Reviewed: दुदिलाभाटीमा भुईस्याउ खेति ! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top