728x90 AdSpace


  • ताजा समाचार

    Thursday, February 16, 2017

    स्ववियु निर्वाचन सर्यो, आजै नया तालीका सार्वजनिक हुने

    रेडियो गलकोट,काठमाडौं ।
    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन फागुन १४ मा नहुने भएको छ । प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीचको छलफलबाट निर्वाचन मिती सारिएको बताईएको छ । पाँच दिन पछि फागुन १९ गते निर्वाचन गर्ने सहमति भएको स्वबियुले जनाएको छ ।

    प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो ।
    बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले निर्धा्रित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, त्यसको भोलिपल्टै तिनै दल निकटका विद्यार्थी नेताहरुले विप्लव माओवादी निकट विद्यार्थी संगठनसँग चुनावको मिति पछि सार्ने सहमति गरेका हुन् ।

    सहमतिपछि अब असन्तुष्ट पक्षले क्याम्पसहरुमा लगाएको ताला खोल्नेछ । केही विद्यार्थी संगठनको विरोध र क्याम्पसहरुमा लगाइएको तालाबन्दीका कारणा यथास्थितिमा चुनाव गर्न नसक्ने क्याम्पस प्रमुखहरुको भनाइका कारण चुनाव चुनाव सार्न बाध्य भएको विद्यार्थी नेताहरुको भनाइ छ ।


    त्रिभुवन विश्वविद्यालयले विद्यार्थी नेताहरुलाई बोलायो  ।

    इन्द्रेणी फुडल्याण्डमा बसेको बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने सहभागी थिए ।

    विभिन्न क्याम्पसमा तालाबन्दी र विप्लव माओवादीको विद्यार्थी संगठनले चुनाव सार्न गरेको आग्रहअनुसार चुनाव हुने सर्तमा पाँच दिन सार्ने सैद्धान्तिक सहमति भएको अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । तर, स्ववियु चुनाव फागुन २१ गतेलाई तोक्न सक्ने प्रवक्ता बस्नेतको भनाइ छ ।

    उहाँका अनुसार विद्यार्थी संगठनको सहमति त्रिभुवन विश्वविद्यालयलाई जानकारी गराइने छ । त्रिविले बिहीबार दिउँसो प्रमुख विद्यार्थी संगठनका नेताहरुलाई छलफलमा डाकेको छ । क्रान्तिकारीका प्रवक्ता बस्नेतले आज निर्वाचनको नयाँ तालिका समेत सार्वजनिक हुनसक्ने बताउनुभयो । विद्यार्थी संगठनहरुबीचको विवादले पहिलेको निर्वाचन तालिका प्रभावित बनेको छ । पहिलेको निर्वाचन तालिकाअनुसार आज बिहीबार देशैभर उम्मेदवार दर्ता हुनुपर्थ्यो ।

    त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्बजनिक गरेको थियो । विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले त्यसको विरोध गर्दै आएको थियो ।
    यसैबीच त्रिभुवन विश्वविद्यालयले बिहीबार दिउँसो दुई बजे प्रमुख विद्यार्थी संगठनका नेताहरुलाई छलफलमा बोलाएको छ । सम्भवतः त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको नयाँ तालिका सार्बजनिक गर्ने जनाएको छ ।

    • Facebook Comments
    Item Reviewed: स्ववियु निर्वाचन सर्यो, आजै नया तालीका सार्वजनिक हुने Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top