728x90 AdSpace


  • ताजा समाचार

    Thursday, February 16, 2017

    बागलुङका गाविस, जिविस र नगरपालिका ठप्प, सेवाग्राही मर्कामा

    रेडियो गलकोट, बागलुङ ।
    बागलुङका तीनवटै स्थानीयनिकाय गाविस, नगरपालिका र जिल्ला विकास समितिका कर्मचारीहरुको आन्दोलनले सेवाग्राहीको बिचल्ली भएको छ ।
    स्थानीय निकाय कर्मचारीसंघले विभिन्न माग राख्दै देशव्यापी सुरु गरेको आन्दोलनका प्रभाव बागलुङमा पनि विगत चारदिन देखि जारी रहेको छ । कर्मचारीको आन्दोलनको कारण स्थानीय निकायको सेवा ठप्प पार्दा सेवा ग्राहीहरु मर्कामा परेका छन् ।
    कर्मचारीहरुले आन्दोल स्थानीय विकास अधिकारीलाई समेत दैनिक कार्यालय संचालनमा रोग लगाउनुका साथै असहयोग गरेको स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभएको छ । कर्मचारीहरु चारदिन देखि कामकाज ठप्प परेर आन्दोलनमा जाँदा कार्यसम्पादनमा समस्या भएको स्थानीय विकास अधिकारी आचार्यको भनाई रहेको छ ।

    जिल्ला विकास समिति बागलुङका साथै बागलुङ  नगरपालिकाका र गाविसका प्राविधिक कर्मचारीहरुले स्थानिय तहमा कर्मचारी व्यवस्थापन र समायोजन गर्दा जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरेका छन् ।
    त्यसपछि मात्रै नपुग जनशक्ति निजामती सेवाबाट खटाउनु पर्ने उनीहरुको माग छ । ति कर्मचारीहरुले कामकाज ठप्प पार्दै कार्यालय प्रमुखलाई कार्यकक्षमा प्रवेश गर्न दिएका छैनन् ।
    स्थानियसँग प्रत्यक्ष सरोकार राख्ने जिविस, गाविस र नगरपालिकाका कर्मचारी आन्दोलित भएपछि सेवाग्राही मारमा परेका छन् । आफ्ना मागहरु पुरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने स्थानीय निकाय कर्मचारी संघ बागलुङका अध्यक्ष पुरुसोत्तम गौतमले जानकारी दिनुभयो ।
    संविधानतः बन्ने नयाँ संरचनाहरुमा स्थानिय निकायमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई उचित व्यवस्थापनको मागसहित स्थानिय निकाय टे्रड युनियन संयुक्त समन्वय समितिले सोमवारदेखि नै स्थानिय निकायको कामकाज बन्द गरेका हुन् ।

    • Facebook Comments
    Item Reviewed: बागलुङका गाविस, जिविस र नगरपालिका ठप्प, सेवाग्राही मर्कामा Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top