728x90 AdSpace


  • ताजा समाचार

    Thursday, February 16, 2017

    गलकोटपत्र साप्ताहीकको छैटौं बाषिक उत्सबको अबसरमा बिशेषाङ्क बिमोचन

     रेडियो गलकोट, घनश्याम गौतम  ।

    गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड हटियाद्धारा स्थानिय संचार समुदायका लागि शक्ति र अवसर भन्ने उद्घोषकका साथ प्रकाशित गलकोट पत्र साप्तहिककाले आज छैठौ वार्षिकोत्सव समारोह तथा विशेषाङ बिमोचन कार्यक्रम हटियामा सम्पन्न भएको छ ।
    कार्यक्रममा गलकोट पत्र साप्ताहिको विशेषाङ् स्मारिकाको बिमोचन गरिएको थियो । कार्यक्रमको उद्घाटन समारो्हमा बोल्दै पुर्व सभाषद क्या. पुर्ण बहादुर रानाले पत्रकारिता आफैमा जोखिम भएको क्षेत्र भएको भन्दै पत्रकारको चासो र चिन्तन सत्य तथ्य हुन आवश्यक भएको बताउनुभयो । साथै उहाले गलकोटपत्र सम्बिन्धित ठाँउ तथा ग्राहकबिच लैजाने कार्यलाई प्राथमिकिकरण गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा राष्टिय जनमोर्चा का जिल्ला कमिटि सदस्य पदम श्रेष्ठ,ने.क.पा माओवादी पाटी केन्द्रका महाधिवेशन प्रतिनिधि ज्ञामनाथ गैरे अनिल, ने.क.पा एमालेका जिल्ला सदस्य बुल बहादुर के.सी,नेपाली काग्रेसका जिल्ला सदस्य सुरेन्द्र बम मल्ल,एकता आवसिय मा.विका पुर्व प्रिन्सीपल यम बहादुर श्रीस पृथ्वी मा.वि हरिचौर स्रोत केन्द्रका स्रोत व्यक्ति बम बहादुर थापा गलकोट बहुमुखि क्याम्पसका क्यामपस प्रमुख देबेन्द्र बहादुर खत्री , सामुदायिक सेवा केन्द्र गलकोटकी अध्यक्ष मञ्जु शर्मा चालिसे गलकोट पत्रकार समाजका अध्यक्ष मित्र खरेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
    त्यस्तै कार्यक्रममा निरन्तर गलकोटपत्रलाई प्रकाशनमा सहयोग पुर्याउने गलकोट अपसेट प्रेस, उत्कृष्ट बिज्ञापन दाता न्युलाईफ आबसिय माबि हरिचौर, सम्बादाता बालकृष्ण सुबेदी तथा उत्कृष्ट ब्यबस्थापक जिबनकला खत्री सरिता लगाएतलाई सम्मान गरिएको थियो । कार्यक्रम गलकोटपत्र साप्ताहिकका सम्पादक दिनेश पन्तको अध्यक्षता गलकोट सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष गुमानसिँह भण्डारीको स्वागत मन्तव्य र गलकोट एफ.एम का स्टेशन प्रमुख घनश्याम गौतमको संञ्चालनमा सम्पन्न भएको थियो ।

    • Facebook Comments
    Item Reviewed: गलकोटपत्र साप्ताहीकको छैटौं बाषिक उत्सबको अबसरमा बिशेषाङ्क बिमोचन Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top