728x90 AdSpace


  • ताजा समाचार

    Thursday, February 16, 2017

    बिक बचाउ अभियानमा रिघाको एक क्लबले आर्थिक संकलन अभियान सुरु

    रेडियो गलकोट, बागलुङ ।
    रिघा गाविसका एक १२ वर्षिय बालकलाई एपेन्डिस भएपछी उहाँको पोखरा स्थित एक अस्पतालमा शल्यक्रिया पश्चात थप उपचार भैरहेको छ । आर्थिक अभावले गर्दा बालकको थप उपचारका लागि बाबुआमाले आर्थिक सहयोगका लागि सबैमा अनुरोध गरेका छन् ।
    गलकोट रिघा गाविस ४ का बलबहादुर विश्वकर्मा र मीना विश्वकर्माले आफनो १२ वर्षिय छोरा जीवन विश्वकर्माको जीवन रक्षार्थ सहयोग गर्नका लागी सबैमा अनुरोध गरेका हुन् । अभियान कृषि सहकारी सँस्था रिघाका शिक्षा संयोजक डम्वर श्रीसका अनुसार जीवनका बाबुआमाको आर्थिक अवस्था नाजुक रहेकोले ज्याला मजदुर गरेरे परिवार चलाउदै आएका छन । उनिहरुको छोरा बचाउ अभियानका लागी बालसंरक्षण मञ्च रिघाले आर्थिक सहयोग अभियान समेत शूरु गरेको छ ।
    सहयोग गर्न चाहानेले ९८४७६४०४६२ र ९८४७७२९११५ मा सम्र्पक गर्न समेत संस्थाले आग्रह गरेको छ । जीवन रिघा गाविस ४ स्थित विद्यालयमा कक्षा ७ मा अध्ययन गर्दै आउनुभएको छ ।

    • Facebook Comments
    Item Reviewed: बिक बचाउ अभियानमा रिघाको एक क्लबले आर्थिक संकलन अभियान सुरु Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top