728x90 AdSpace


  • ताजा समाचार

    Wednesday, May 10, 2017

    म गलकोट नगरको प्रमुख किन हुने ? गैरे ।

    गुमानसिह भण्डारी, गलकोट /
    राज्य पुनसंरचाना पछि ११ वडा मिली बनेको गलकोट नगरपालिकामा पहिलो मेयर को बन्ला भन्ने चर्चाले गलकोटमा हलचल ल्याएको छ । नगरपालिकाको मेयर बन्नका लागी गलकोटमा क्रियाशिल ३ राजनैतिक दलले उमेद्धारी दर्ता गराएका छन । जसअन्तर्गत नेपाली काग्रेसबाट भरत शर्मा गैरे, नेकपा माओबादी केन्द्रबाट फमलाल न्युरे, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका साझा उमेद्धार टंक केसी मैदानमा हुनुहुन्छ । अहिलेसम्मको अवस्थालाई दृष्टिगट गर्दा नेपाली काग्रेस अग्र स्थानमा देखिएको छ ।
    नेपाली काग्रेसबाट मेयर पदमा उमेद्धार दिनुभएका गलकोट नगरपालिका वडा नम्बर २ नरेठाटीका भरत गैरेले २०३३ सालदेखि राजनिति यात्रा सुरु गनुभएको थियो । गैरेले २०३६ सालको बिद्यार्थी आन्दोलनमा महत्वपुर्ण भुमिका खेल्नुभएको थियो । गलकोट माद्यामिक बिद्यालय हटियामा नेपाल बिद्यार्थी संद्य स्थापनामा गैरेको महत्वपुर्ण हात रहेको छ । गैरेले २०४६ सालको जनआन्दोलनमा समेत क्रियाशिल भएको लाग्नुभएको थियो । २०४८ सालमा भएको नेपाली काग्रेसको आठौ महाधिबेसन देखि १३ औ महाधिबेसन सम्म ३ कार्यकाल जिल्ला कार्य समितिको सदस्य, यस अगाडिको स्थानिय तहको निर्वाचनमा वार्ड सदस्यमा समेत निर्वाचित हुनुभएको थियो । गैरेले नेपाल ल क्यापसबाट स्नातक तह अध्ययन गनुभएको छ ।
    गैरे सामाजिक क्षेत्रमा आम जनता माझ प्रभावशाली, बौद्धिक तथा लोकप्रिय ब्यक्ति मानिनुहुन्छ । उहाँ बिगत लामो समयदेखि समाज सेवामा लाग्नुभएको छ ।
    गलकोट नगरपालिकाको मेयर पदमा निर्वाचित भएपछि गैरेले के गनुहुन्छ ,
    उहाँका केहि प्रतिबद्धताहरु ।

    ११) ’स्वास्थ नै धन हो र रोग लागेसी उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु बेस’ भन्ने भनाइ चरितार्थ गर्दै हरेक गल्कोटबासीलाई दैनिक शाररिक अभ्यास गर्न लगाउने र हरेक गल्कोटे युवालाई शाररिक एबम मानसिक तन्दुरुस्ती बनाउने उद्देश्यका साथै गल्कोटे युवाहरुलाई नेपाली खेलकुद क्षेत्रको नेत्त्रित्तो लिन सक्ने र राष्ट्रियरुपमै चिनाउने उद्देश्यले गल्कोटबासी सबैलाई पायक पर्ने क्षेत्रमा एउटा ठुलो खेलकुद रंगशाला र हरेक वड़ारटोलमा स्थानीय स्तरको रंगशालाको निर्माण कार्य तुरुन्तै सुरु गरिने छ ।
    १२) साना साना गल्कोटे बालबालिकाको शाररिक र मानसिक बिकाशमा सहयोग पुगोस भन्ने उद्देश्यले ठाउँ ठाउँमा बालबालिका मैत्री ’फन पार्क’ (रमाइलो बगैंचा) निर्माण गरिने छ ।

    १३) भविष्यको आवस्यकता लाइ हेरेर आवस्यकता अनुसार गल्कोट क्षेत्रलाइ नै समेट्ने गरी बृद्धाआश्रमको निर्माण कार्यलाई पनी गल्कोट क्षेत्रको बृहत गुरु योजनामा समाबेश गरिने छ ।

    १४) स्थानीय स्तरमै रोजगारी सृजनागरी युवाहरुको विदेश पलायन रोक्ने र समृद्द गल्कोट निर्माण गर्ने उद्देश्यले दरम, गौंदी लगायतका अन्य खोला हरुबाट बिद्युत उत्पादनको सम्भाव्यता अध्ययन गरी निजी क्षेत्रको सहयोग र समन्वयमा लघु एबम ठुला जलविधुत आयोजनाहरुको लागी बिशेष पहल गरिने छ ।
    १५) गल्कोट क्षेत्रमा रहेका महत्वपूर्ण जरिबूटि जस्तैस् पाँचऔंले, जटामसी,चिराइतो,गानेगुर्जो लगायत अन्य जरिबूटि हरुको खोजी र अनुसन्धानमा बिशेष कार्यक्रम संचालन गरिने छ भने तिनीहरुको प्रशोधन र निर्यातमा सहजीकरण गरिने छ ।

    १६) गल्कोट क्षेत्रमा रहेको स्थानीय सिपको प्रबर्धन गरी त्यहाँ उपलब्ध कच्चा पदार्थ जस्तै निगालो, बाँस, दार काठबाट निर्माण हुने कलात्मक सामाग्रीहरु जस्तै डोको, डालो, मान्द्रो,ठेकोरठेकी, चौठी, हर्पे, नली, हुक्का आदीको प्रबर्धनमा जोडदिई स्थानीय स्तरमै रोजगारी सृजनागर्नुका  साथै गल्कोट ब्रान्डका उत्पादनलाइ जोड दिइने छ ।
    १७) मध्यपहाडी लोक मार्गको गल्कोट क्षेत्र खण्डको गुणस्तर र स्तरोन्नतिका लागी बिशेष पहल गरिने छ ।
    १८) मध्यपहाडी लोकमार्गलाई आधारमानी गल्कोट नगरपालिकाको हरेक वड़ा र टोलमा पुग्ने गरी सुरुमा ग्राबेल र क्रमशः कालोपत्रे बाटोको लागी आवस्यक काम तुरुन्तै थालिने छ ।

    १९) घुम्टे, पाण्डवखानी र आसपासका क्षेत्रमा तामा खानीको सम्भाव्यता अध्ययन तुरुन्तै सुरु गरिने छ भने भुजुंगे र नरेठाटि माथिको डहरे क्षेत्रमा रहेका ढुंगा खानीको बाताबरणनिय ब्यबस्थापन गरी थप अध्ययन र अनुसन्धान तुरुन्तै सुरु गरिने छ ।
    २०) गल्कोट क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको पहिचान र प्राथमिकीकरण गरी त्यहाँ सम्म पुग्ने गोरेटो, घोडेटो बाटोको स्तरोन्नति गर्दै  आवस्यकता अनुसार मोटर बाटोको निर्माण तुरुन्तै सुरु गरिने छ ।

    २१) खेती योग्य जमिनमा हुन गैरहेको अतिक्रमणलाइ रोकेर उत्पादन र उत्पदकत्तव बढाउन जग्गाको खण्डिकरण रोक्ने र एकीकृत बस्ती बिकासको लागी सम्भाब्यता अध्यनलाई तुरुन्तै अघी बढाइने छ ।
    २२) दीर्घकालीन रुपमा पर्यटनको बिकासको लागी गल्कोट हटियाबाट सुरु गरेर रिघा, पाण्डवखानी, मल्मको झिरका, घुम्टे, हिल, गाइघाट,अमरभूमि,मतिमारे,कालीलेख, डहरे,घोडाबाँधे,थाम,गाजा, दुधिलाभाटि,निलुवा,गल्कोटहुदै मालारानी सम्म ’गल्कोट सर्किट’ नामको पदयात्रा मार्गको लागी सम्भाब्यता अध्ययन गरिने छ ।
    २३) गल्कोटमा पर्यटन ब्यबसाय संचालनको लागी हरेक टोलमा कम्तिमा ५ बेडका “होम्सटे“ संचालनमा ल्याइने छ ।
    २४) गल्कोटमा बिदेशी पर्यटकहरु भित्राउन बिदेशमा रहेका गल्कोटेहरु माझ “एक गल्कोटे,एक पर्यटक“ को अभियान संचालन गरिने छ रत्यसको लागी नगरपालिका र गैरआवासीय नेपालीको संयुक्त आयोजनामा बिदेशका विभिन्न सहरहरुमा “गल्कोट सप्ताहको“ आयोजना गरिने छ ।
    २५)“गल्कोटको शान घुम्टे र सिद्दबाबा मन्दिर“ लाइ “पर्यटकीय हबको“ रुपमा विकास गर्न,हरिचौर क्षेत्रको उपयुक्त स्थानबाट घुम्टे सम्म केवल कारको स्थापना गर्नको लागी सरकारी स्तरबाट सर्भेको काम अगाडी बढाइने छ भने केबलकार संचालनको लागी निजी क्षेत्रलाइ सहभागी गराउने बाताबरण मिलाइने छ ।
    २६) निकट भविष्यमा गल्कोट क्षेत्र लाइ “डिजिटल सिटीको“ रुपमा विकास गर्न “बृहत्तर गल्कोट क्षेत्र बिकासको गुरुयोजना“ तयार गर्ने कार्यको सुरुवात गरिने छ ।
    २७) त्यसैगरी गल्कोट क्षेत्रलाइ “अर्ग्यानिक कृषी उत्पादन क्षेत्रको“ रुपमा बिकशित गर्दै लगिने छ ।
    २८)गल्कोट क्षेत्रबासी कोहीपनी बेघरबार हुन नपरोस भन्ने उद्देश्य राखी अति गरिब, बेघरबार, असहाय हरुको पहिचान गरी उनीहरुलाई सहुलियत दरको खाद्ध्यान्य उपलब्ध गराउन परिचय पत्रको व्यवस्था गराइने छ भने सुकुम्बासी हरुलाई कम्तीका पनी एउटा घडेरी उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।

    २९) “दीर्घ र असाध्य रोगलागेकाहरु“ र तिनीहरुको आर्थिक स्थितिको पहिचान र मुल्यांकनगरी निशुल्क उपचारको लागी व्यवस्था मिलाइने छ ।
    ३०) सरकारी र गैर सरकारी दुवै क्षेत्रमा हुने भरषटाचार र अनियमितताका बिरुद्ध शुन्य सहनसिलाताको सिद्दान्त अबलम्बन गरिने छ ।
    • Facebook Comments
    Item Reviewed: म गलकोट नगरको प्रमुख किन हुने ? गैरे । Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top