728x90 AdSpace


  • ताजा समाचार

    Tuesday, May 9, 2017

    मैले किन जित्नुपर्छ ? काउचा !

    गुमानसिह भण्डारी /  गलकोट-
    २० बर्षपछि हुँदै गरेको स्थानिय निर्वाचनमा अधिकारसम्पन्न स्थानीय तह अन्तर्गत गलकोट नगरपालिकाको उपमेयर पदका प्रत्यासी रेनुका काउचा युवा मात्र नभई नगरको स्पष्ट योजना सहित अघि आएको उम्मेदवारका रुपमा आफुलाई चिनाउन चाहन्छिन । गलकोट नगरपालिका वडा नम्बर ११ रिघामा जन्मिएकी काउचा नेपाली काग्रेसबाट गलकोट नगरपालिकाको उपमेयर पदको उमेद्धार हुन ।
    गलकोट नगरपालिकालाई व्यवस्थित बनाउन दीर्घकालिन गुरुयोजनाहरु निर्माण गरि कार्यान्वयन गर्ने उनको योजना छ । गलकोटमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुलाई व्यवस्थित गर्ने, नगरपालिका भित्रका प्रत्यक वडामा सड्क सञ्जाल बिस्तार गर्ने, शिक्षा, स्वास्थ, खानेपानीलाई ब्यवस्थापन गर्ने उनका योजनाहरु हुन् ।
    उनि युवा महिला मध्येको सक्षम र शिक्षित महिला हुन उनले कानुनमा स्नातक र ब्यवस्थापन  बिषयमा डिग्री  प्राप्त गरेकी छिन आफ्नो अध्ययनको विषय ग्रामीण विकास नै भएकोले भर्खरै गलकोट नगरपालिका भईरहेको हुदा यसलाई कसरी सम्पन्न बनाउने भन्ने बारेमा आफूसँग स्पष्ट कार्ययोजना रहेको बताउने काउचाले सम्बृद्ध गलकोट बनाउनका लागि बाहिरी चक्रपथ निर्माण, कृषि, यातयात, शिक्षा, स्वास्थ, खानेपानी र शहरी बेरोजगारहरुका लागि ठोस योजना बनाउने योजनाहरु समेत अघि सारेकी छन् ।
     साथै योजनाबद्ध र समृद्ध नगर पनि उनको अर्को कार्ययोजना रहेको छ । सानै उमेरदेखि राजनीतिमा सक्रिय काउचा नेपाली काङ्रेस र नेपालको महिला  आन्दोलन नामक किताबको लेखिका हुन । काउचा २०६५ सालमा नेपाल बिद्यार्थी संद्यको तर्फदेखि स्वतन्त्र बिद्यार्थी युनियनको कोषाध्यक्ष पदमा निर्वाचित, नेपाली काग्रेसको पुर्व जिल्ला सदस्य, नेपाली काग्रेसको महाधिबेसन प्रतिनिधि, नेपाल महिला संद्यको केन्द्रिय सदस्य समेत छिन । २०६२÷०६३ को आन्दोलनमा सक्रिय सहभागिता जनाउने काउचालाई पार्टीको स्पष्ट वक्ताको रुपमा समेत चिनिन्छ ।
    काउचा आफू निर्वा्चित भएपछि स्थानीय तहमा महिलाको आवाज बलियो बनाउने, स्थानीय विकासको काममा महिलाको अगुवाई सुनिश्चित गराउने र पछाडि पारिएको बर्गको आवाज, मुद्धा अनि मागलाई एकीकृत गलकोटको गुरुयोजनामा समेट्ने योजना रहेको बताउँछिन् । आफना योजनाहरु कार्यान्वयनका लागी गलकोटेहरुले आफुलाई मतदान गर्ने पक्षमा काउचा ढुक्क छिन ।

    • Facebook Comments
    Item Reviewed: मैले किन जित्नुपर्छ ? काउचा ! Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top