728x90 AdSpace


  • ताजा समाचार

    Tuesday, May 9, 2017

    गलकोटका तिन उपमेयरका महिलाले के भन्छन ?

    गुमानसिह भण्डारी, गलकोट/
    गलकोट नगरपालिकाको उपमेयरमा आफूले नै जित्ने विश्वाससहित विभिन्न दलका महिला उम्मेदवार निर्वाचन प्रचारप्रसारमा जुटेका छन् । नेपाली  काग्रेसले उपमेयरमा रनुका काउचा, माआबोदी केन्द्रले ललिता थापा र प्रमुख प्रतिपक्षी दल एमाले र राष्ट्रिय जनमोचाले चुनावी तालमेल गरि एमालेका रत्ना भण्डारीलाई उपमेयरमा उठाएका छन । नेकपा माओबादी र सयुक्त प्यानेलका उपमेयरका उमेद्धारले आफ्नो प्रतिस्पर्धा काग्रेस सँग हुने दाबी गरेका छन ।
    यसैबिच नेपाली काग्रेसका उपमेयरका उमेद्धार रेनुका काउचाले अहिलका महिलाहर चेतनशील भएकाले सबैको मत आफनो पक्षमा पर्नेमा आफू ढुक्क रहेको बताउनुभयो । घरदैलो कार्यक्रममा जनताले गरेको स्वागतले उहाँ निकै उत्साहित हुनुहुन्छ । आफूले जिते राज्यलाई तिरेको करबापत पाउनुपर्ने सुविधा पाएको छु भन्ने अनुभूति मतदातालाई गराउने प्रतिबद्धता उहाँ जनाउनुहुन्छ ।
     हिंसापीडित हुँदा पनि सामाजिक कुसंस्कारले बाहिर आउन नसकेका गलकोटका महिलालाई न्याय दिलाउने उहाँको सोचाइ छ । त्यस्तै नेकपा माओबादी केन्द्रका उपमेयरका उमेद्धार ललिता थापाले गलकोटमा सार्वजनिक जग्गामा भवन बनाएर पीडित महिलाका लागि सामूहिक बसोबासको व्यवस्था मिलाउने योजना बनाउनुभएको छ । उहाँ भन्नुहुन्छ, ’गलकोटवासी चेतनशील र शिक्षित हुनुहुन्छ । महिला जिताउनुपर्छ भन्नेमा उहाँहरू सबै जानकार हुनुहुन्छ ।’
    आत्मनिर्भर नभई महिलाहरूको विकास सम्भव नभएकाले आफूले जिते महिलालाई कसरी उद्यमी बनाउने पहिलो प्राथमिकता हुने थापाले बताउनुहुन्छ । नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका सयुक्त प्यानेलका उपमेयरका उमेद्धार रत्ना भण्डारीले आफुले महिलाहरुको हरेक क्षेत्रमा काम गर्दै आईहरेको र आफ्नो यही अनुभवले गलकोट नगरपालिमा विकासको जग बसाल्ने सपना रहेको बताउनुभयो ।भण्डारीले पनि आफूले जिते महिला उद्यमशीलता, समावेशीकरण, समानतालाई बढी प्राथमिकता दिने उहाँ बताउनुहुन्छ । स्थानीय तहमा गठन हुने तीन सदस्यीय न्यायिक समितिको अध्यक्ष उपमेयर हुने व्यवस्था छ । यसरी संविधानले नै पदीय जिम्मेवारी तोकिदिएकाले अनुभवी र दक्ष महिला जिताएर स्थानीय तह सफल पार्न उहाँ आग्रह गर्नुहुन्छ ।

    • Facebook Comments
    Item Reviewed: गलकोटका तिन उपमेयरका महिलाले के भन्छन ? Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top