728x90 AdSpace


  • ताजा समाचार

    Wednesday, May 10, 2017

    गलकोटको सम्बृद्धिका लागी काग्रेसलाई जिताउनुपर्छ ? कार्की ।

    गुमानसिह भण्डारी, गलकोट
    नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले कांग्रेसको ध्यान अब आर्थीक समृद्धिमा केन्द्रित हुने बताउनुभएको छ । नेपाली कांग्रेस गलकोट नगर कार्यसमितिद्वारा आयोजित चुनावी आम भेलामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कार्कीले यस्तो बताउनुभएको हो ।
    नेता कार्कीले स्थानीय तहको निर्वाचन गरे मात्र देशले निकास पाउने भन्दै अबको मिसन भनेको राष्ट्रको विकास र समृद्धि रहेको बताउनुभयो ।
    कार्कीले गलकोटको बिकासका लागी नेपाली काग्रेसले जित्नपर्ने आवश्यक भएको बताउनुभयो । उहाँले गलकोट सँगै सम्पूर्ण देशको विकासमा काग्रेसको महत्वपुर्ण भुमिका रहने प्रष्ट पानुभयो ।
      कार्कीले देशको विकास र निकासमा कांग्रेसले नै नेतृत्व लिन लाग्ने भन्दै आम जनताहरु राष्ट्र निर्माणमा जुट्नु पर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा पुर्व सांसद नर बहादुर पुन निरज,  नेपाली काग्रेस गलकोट नगरपालिकाका मेयर पदका उमेद्धार भरत शर्मा गैरे, उपमेयरका उमेद्धार रेनुका काउचा लगायतले आफनो धारणा राख्नुभएको थियो ।
     कार्यक्रम नेपाली काग्रेस गलकोट नगरपालिकाका संयोजक नारायध्वज मल्लको अध्यक्षता, चुनाव परिचालन समितिका संयोजक फम बहादुर खत्रीको स्वागत मन्तब्य र महाधिबेसन प्रतिनिधि यम श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, सांसद चम्पादेबि खड्का, प्रकाश शर्मा पौड्याल, राष्ट्रिय कलाकार बसन्त थापा, श्रीकृष्ण बम मल्ल लागयतको सहभागीता रहेको थियो ।

    • Facebook Comments
    Item Reviewed: गलकोटको सम्बृद्धिका लागी काग्रेसलाई जिताउनुपर्छ ? कार्की । Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top