728x90 AdSpace


  • ताजा समाचार

    Sunday, May 7, 2017

    अध्यारोमा सबैसंग हिड्नु भन्दा उज्यालोमा एक्लै हिड्छु : तमु ( अडियो सम्बाद )


    सामुदायिक रेडियो गलकोट एफ. एम १०२ थोप्लो ४ मेगाहर्जको उत्पादन रेडियो कार्यक्रम "समृद्ध नगरपालीका निर्बाचन बिशेष" हरेक दिन बिहान ८ बजे, एफ. एम ब्याण्ड संगै ईन्टरनेट अनलाईनको www.galkotfm.com  मा एकैसाथ
    आजको सम्वाद नयाँ शक्ति नेपालको तर्फबाट गलकोट नगरपालीकाकामा मेयर नगर प्रमुख पदको उम्मेद्वार बम तमु संग घनश्याम गौतमले गरेको बिशेष सवाद ।

    नयाँ शक्तिको तर्फदेखि गलकोट नगरपालिकाको मेयर पदमा उम्मेद्वार बन्नुभएका बम बहादुर गुरुङले गलकोटको समृद्धिको लागि आफुले उम्मेद्ववारी दिएको बताउनुभएको छ । गलकोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटीमा जन्मिनुभएका गुरुङले नयाँ शक्ति पार्टी नेपालको तर्फबाट मेयर पदमा उहाँको उम्मेद्वारी दिनुभएको हो ।
    गलकोट एफ एम सँगेको कुराकानीमा गुरुङले गलकोट नगरपालिका भित्र शिक्षा क्षेत्रलाई अगाडि बढाउनका लागी मेयर पदमा उम्मेद्ववारी दिएको बताउनुभयो । ‘न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था छ । त्यो समिति मार्फत् मेलमिलाप र न्यायिक कार्यलाई प्रभावकारी रुपमा काम गर्नेछु’  गुरुङले भन्नुभयो । न्यायिकको कामसँगै नगरको विकास योजना र व्यवस्थापनका विविध पक्षमा काम गर्ने मेरो योजना छ ।’ उहाँले नगरवासीको विकास र समृद्धिको सपना पूरा गर्नेे आफ्नो प्रमुख उद्देश्य रहेको बताउनुभयो ।
    नगर भित्र रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पूरातात्विक र पर्यटकीय क्षेत्रको विकास गर्ने आफ्नो प्रमुख योजना रहेको भन्दै उहाँले गलकोटको विकासका लागि नयाँ शक्ति पार्टीलाई विजयी गराउनुपर्ने बताउनुभयो । 
    उहाँले आदिवासी जनजाति तथा महिलाहरुको आर्थिक अवस्थामा सुधार र आयआर्जनको लागि वैज्ञानिक प्रविधिमार्फत नयाँ कार्यक्रम ल्याउन र त्यसलाई पूरा गर्न पनि नयाँ शक्ति पार्टी आवश्यक रहेको बताउनुभयो ।
    सुन्नुहोस अडियो सम्वाद ।


    • Facebook Comments
    Item Reviewed: अध्यारोमा सबैसंग हिड्नु भन्दा उज्यालोमा एक्लै हिड्छु : तमु ( अडियो सम्बाद ) Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top