728x90 AdSpace


  • ताजा समाचार

    Sunday, June 11, 2017

    प्रभु बैंक लिमिटेडद्धारा जनहित माबिलाई २ थान कम्युटर सहयोग

    रेडियो गलकोट, जेठ २८ ।–
    प्रभु बैंक लिमिडेटको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बागलुङको गलकोट नगरपालिका ७ मल्म स्थित जनहित माध्यमिक विद्यालयलाई २ वटा कम्प्युटर हस्तान्तरण गरेको छ ।

    विद्यालयमा आयोजित कार्यक्रममा प्रभु बैंक लिमिटेड गलकोट शाखाका प्रवन्धक चेतनारायण गौतमले ६५ हजार बराबरको कम्प्युटर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापा र प्रधानध्यापक विष्णु प्रसाद गौतमलाई हस्तान्तरण गर्नुभएको हो ।

    कार्यक्रममा बोल्दै गलकोट नगरपालिका ७ का नव निर्वा्चित वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले सुचना प्रविधिको युगमा सस्थाले दिएका सामाग्रीको सहि सदुपयोग गर्दै समय सापेक्ष शिक्षाको गुणस्तरमा सुधार ल्याउन आवश्यक रहेको बताउनु भएको छ ।
    त्यस्तै प्रभु बैंक गलकोट शाखाका प्रवन्धक चेतनारायण गौतमले आफुले कक्षा ८ सम्म जनहित माद्यामिक बिद्यालयमा छाप्रोमा पढेको स्मरण गदै गरिब, दलित, जेहेन्दार बिद्यार्थीलाई प्रबिधितर्फ उन्मुख गराउने उदेश्यले आफनो सस्थाले सहयोग गरेको बताउनुभयो । आफनो पहलमा गरेको सामाग्रीको उचित प्रयोग गर्न गौतमले आग्रह गनुभएको थियो ।




     विद्यालयमा कम्पयुटर शिक्षालाई थप टेवा पुगोस भन्ने उद्येश्यका साथ कम्प्युटर प्रदान गरिएको बैंकले जनाएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ललित मरासिनी, विद्यालय व्यवस्थापन समितिका सदस्य लोक बहादुर थापाले मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा अपाङगता, मावि छात्रवृत्ति, आधारभूत दलित छात्रवृत्ति, मावि दलित छात्रवृत्ति र आधारभूत छात्रा छात्रवृत्ति गरि १ सय १३ जना विद्यार्थीहरुलाई नगद रु ५५ हजार रकम छात्रवृत्ति वितरण गरिएको थियो ।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, शिक्षक लेखनाथ पौडेलको स्वागत र शिक्षक रामचन्द्र गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

     विद्यालयमा यस भन्दा पूर्व सहिद विष्णु थापाको सम्झनामा गलकोट नगरपालिका ७ अरबेदी हाल जापानमा कार्यरत भबिन्द्र बहादुर थापाले ५ वटा कम्प्युटर र खोलापारी हाल जापानमा कार्यरत गोपाल चोखालले १ थान ल्यापटप सहयोग गर्नुभएको थियो ।
    • Facebook Comments
    Item Reviewed: प्रभु बैंक लिमिटेडद्धारा जनहित माबिलाई २ थान कम्युटर सहयोग Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top