728x90 AdSpace


  • ताजा समाचार

    Monday, June 5, 2017

    फोहोर ब्यवस्थापनले काममा उर्जा दियो भण्डारीलाई !

    गुमानसिह भण्डारी, गलकोट
    गलकोटको मुख्य बजार भनेर चिनिने हटियाबजारलाई सफा, सुन्दर बनाउनका लागी भण्डारी क्रियाशिल बन्नुभएको छ । बजार सँगै छेउमै बग्ने गौदीखोला फोहोरले दुगन्धित बन्न थालेपछि गलकोट नगरपालिका वाड नम्बर ३ का नवनिर्वाचित वाडअध्यक्ष बिरजङ भण्डारी सरसफाईतर्फ सक्रिय बन्नुभएको हो ।
    अन्य समयमा समेत गलकोटलाई सम्बृद्ध बनाउने धारणका साथ लाग्ने भण्डारी वाडअध्यक्ष निर्वाचित भईसकेपछि थप जिम्मेबारी थलिएको भन्दै आफनो कार्यकालमा हटियालाई नमुना बजारको रुपमा बिकास गर्ने बताउनुभयो ।
    बिश्व वातावरण दिवसको अवसरमा गलकोट नगरपालिकाको सयुक्त आयोजनामा गलकोट नगरपालिकाको कार्यलय देखि, हटिया बजार सम्मको क्षेत्रमा सरसफाई गरिएको थियो । सरसफाईको क्रममा संकलन गरिएको फोहोर भण्डारीको एकल प्रयासमा ट्याक्टरमा राखि गौदी खोलाको किनारमा लिई बिर्सजन गरिएको भण्डारीले बताउनुभयो । बढ्दै गईरहेको फोहोरलाई उचित व्यवस्थापन गर्न आगामि शनिबार हटिया बजारबासीबिच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने भण्डारीको भनाई छ ।
    सरसफाई कार्यक्रम अन्तर्गत हटियाको लोकतान्त्रिक चोक, बिच बजार, गणतन्त्र चोक लगायतका ठाउमा सरसफाई गरिएको हो । भण्डारीले हालसम्म फोहोर फाल्ने निश्चित ठाउ नभएको भन्दै अब तत्काल त्यो समस्या हट्ने बताउनुभयो । उहाँले कुनै पनि प्लाष्ट्रिक तथा फोहोरजन्य बस्तुहरु जथाभाबि नफाल्न समेत सबैमा आग्रह गनुभएको छ । पहिलो चरणको सरसफाई अभियानले आफुलाई थप काम गर्ने हौसला प्रात्त भएको भण्डारीले बताउनुभयो । सरसफाईमा भण्डारी सक्रिय बनेपछि गलकोट नगरपालिका वाड नम्बर ४ अन्तर्गतका स्थानिय र बजारबासी खुसी भएका छन ।

    • Facebook Comments
    Item Reviewed: फोहोर ब्यवस्थापनले काममा उर्जा दियो भण्डारीलाई ! Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top