728x90 AdSpace


  • ताजा समाचार

    Tuesday, July 25, 2017

    मुख्य बाली धानमा रोगकीराको बिगबिगी, गलकोटका कृषकलाई छटपटि (आवाजसहित)

    घनश्याम गौतम, श्रावण १० ।–
    गलकोट नगरपालिका क्षेत्रभित्र लगाइएको धान खेतीमा समस्या देखिएको छ । धान रोपेर यतिबेला धानको झार गोड्ने समयमा धानमा समस्या देखिएपछि किसानहरु चिन्तित भएका छन् ।
    गलकोट नगरपालीकाको मुख्य खेतियोग्य भुमी मजुवाफाँट (तस्वीर:– पृथ्वी सुवेदी )

    गलकोटमा अहिले धानमा धानको फेद कूहिने, धानको पातमा धब्बाहरु लाग्ने समस्या देखिएको छ । धान खेतीमा गत वर्ष पनि यस्तो समस्या परेकोे किसानहरुले गूनासो गरेका छन् । गलकोट क्षेत्रका विभिन्न भागहरुमा धान खेती गर्न गरिन्छ ।गलकोटमा यस बर्षको रोपाई लगभग सकिएको छ । रोपाँई सकीएको केही हप्ता नबित्दै धानको बिरुवामा किरा लाग्नुले कृषकलाई समस्या परेको हो ।

     यसापाली समयमै वर्षा भएपनि धान रोपाईमा कूनै समस्या नदेखिएपनि रोपेर झार गोड्ने समयमा समस्या देखिएको बताउदै  धान उत्पादनमा कमी हूने स्थानिय कृषक दुर्गा कुमारी बस्नेतले बताउनूभयो ।
    कृषि सेबा केन्द्रका प्रमुख डिएन दाहालले धान खेतीमा अहिले मुख्यतया २ किसीमका रोगहरु देखा परेको बताउनुभयो ।
    आबाज

    दाहालले फेद कुहीने जस्ता रोगले उत्पादनमा १० प्रतिसत कमी आउने बताउनुभयो ।
    आवाज
    साफ तथा बेबीस्टीन बिषादीको प्रयोग गर्नुपर्ने बताउदै दाहाले पानी र हाबा तथा माटोबाट यस्ता रोग सर्ने जनाकारि दिन्भयो ।
    आबाज

    प्रमुख दाहालले गत बर्ष पनि केही स्थानमा यस्ता समस्या देखीएको बताउदै कृषकले मौषमले साथ नदीएको यसपाली बातबरण नमिलेको लगाएतका गुनासो गर्ने बास्तबीक समस्याबारे अनबिज्ञ रहेको जानकारि दिनुभयो । स्थानिय जातका धानमा भन्दा हाईब्रिड धानमा यस्ता रोगको प्रकोप कम रहेको बताउनुभयो । उहाले रोग लागेको स्थानमा तत्कालै बिषादिको प्रयोग गरेमा रोग सर्न नसक्ने जानकारि दिनुभयो ।

    • Facebook Comments
    Item Reviewed: मुख्य बाली धानमा रोगकीराको बिगबिगी, गलकोटका कृषकलाई छटपटि (आवाजसहित) Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top