728x90 AdSpace


  • ताजा समाचार

    Friday, July 28, 2017

    हिमालयन म्युजिक ईभेन्टले गलकोट घुम्टे महोत्सव आयोजना गर्ने

    घनश्याम गौतम, श्रावण १३ ,
    हिमालयन म्युजिक ईभेन्ट म्यानेजमेन्ट पोखराको आयोजना तथा गलकोट नगरपालीकाको सम्बन्यनमा गलकोट घुम्टे महोत्सबको आयोजना गरिने भएको छ । आज पत्रकार सम्मेलन गरि गलकोट घुम्टे महोत्सब   यहि भदौं २२ गते देखी असोज १ सम्म सञ्चालन हुने जानकारि गराईएको थियो ।

     कार्यक्रमको बारेमा हिमालयन म्युजिक ईभेन्ट म्यानेजमेन्टका सचिब मोहन केसीले ब्रिफिङ गर्नुभएको थियो । उहाका अनुसार महोत्सबको लागी जग्गा ब्यबस्थापनको कार्य सम्पन्न भएको छ ।

    महोत्सवको लागी गलकोट नगरपालीका वाड नं ६ मजुबा फाँटमा स्थानिय ज्ञामनाथ गैरेको खेत लिजमा लिएर कार्यक्रम स्थल बनाउर्ने तयारी भएको सचिब केसीले बताउनुभयो  ।


    म्यानेजमेन्टले प्रर्यटन प्रबर्धनको तथा बिकासको लागी महोत्सवको आयोजना गरेको जनाएको छ । सामुदायिक रेडियो गलकोट एफ. एम १०२ थोप्लो ४ मेगाहर्जको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा २० देखी ३० जान राष्टिय तथा चर्चित कलाकारकारको प्रस्तुति रहने, खुल्ला भलिबल प्रतियोगिता, गलकोट डान्स च्याम्पीयन लगाएतका प्रतियोगीताको आयोजना गरिएको उहाँले जनाकारि दिनुभयो ।


    महोत्सबमा करिब १ सय ५० देखी २ सय ब्यापारिक स्टल रहने, मनोरञ्जनाका लागी पिङ, झुला लगाएतको ब्यबस्था हुने आयोजक समिति सदस्य होम थापाले जानकारि दिनुभयो ।

     कार्यक्रम सञ्चालनको लागी आन्तरीक तयारीमा जुटेको बताउदै थापाले बिभिन्न समितिको गठन र कार्यक्रमको तालिका छिट्टै सार्बजनिक गने तयारीमा रहेको जानकारि दिनुभयो ।

     महोत्सवले गलकोटको प्रयर्टन प्रबर्धन तथा सामाजिक बिकासमा टेबा पुग्ने बिश्बास लीएका आयोजकले स्थानिय तथा बाह्य उत्पादन सामाग्रीको समेत प्रदर्शन गरिने जनाएको छ ।

    • Facebook Comments
    Item Reviewed: हिमालयन म्युजिक ईभेन्टले गलकोट घुम्टे महोत्सव आयोजना गर्ने Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top