728x90 AdSpace


  • ताजा समाचार

    Wednesday, July 5, 2017

    बस र जिप ठोक्कीदा २ जना घाईते एकको अबस्था गम्भीर

    घनश्याम गौतम गलकोट, असार २१ /
    गलकोटमा आज बस र जिप ठोक्कीदा २ जना घाईते भएका छन् ।  घाईते मध्ये एकको अबस्था गम्भीर रहेको छ । 

    गलकोट नगरपालीका बाड नं २ मौरियामा आज बिहान करिब नौ बजेको समयमा बुटबलबाट बुर्तिबाङको लागी छुटेको लु १ ख ६७११ नम्बरको बस र घुस्मेलीबाट पोखराको लागी छुटेको ध १ ज १७ नम्बरको जिप आपसमा ठोक्कीदा दुर्घटना भएको हो ।

     गम्भीर घाईते जिप चालक गलकोट नगरपालीका बाड नं २ नरेठाटिका हरिप्रसाद पुनको गण्डकी मेडिकल अस्पताल पोखरमा उपचार भैरहेको तथा अन्य घाईतेको धौलागीरी अन्चल अस्पताल बागलुङमा उपचार पश्चात फकीएको गलकोटका ट्राफिक प्रहरी हल्दार महेन्द्र बहादुर खत्रीले बताउनुभयो । 

    उहाँका अनुसार बुटबलबाट बुर्तिबाङका लागी छुटेको बस गूल्मी तर्फको बाटो बन्द भएपछि बागलुङ हुदै बुर्तिबाङमा जानेक्रममा दुघटना भएको हो । बर्षातको समयमा चिप्लोबाटमा सबारिको तिब्र गति तथा रङ साईडबाट चलाएको कारणले दुर्घटना भएको हटिया प्रहरी चौकीले जनाएको छ । 

    • Facebook Comments
    Item Reviewed: बस र जिप ठोक्कीदा २ जना घाईते एकको अबस्था गम्भीर Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top