728x90 AdSpace


  • ताजा समाचार

    Tuesday, July 4, 2017

    रिघामा ठाउँठाउमा पहिरो जादा दर्जनौ घर जोखीमामा


    घनश्याम गौतम, असार १८ ।–
    गलकोट नगरपालीकका बाड नं ११ रिघामा ठाउँ ठाउमा पहिरो जादा दर्जर्नौ घर जोखीममा परेका छन् । लगातारको बर्षाका कारण पहिरोे जादा  गलकोट नगरपालीका बाड नं ११ रिघाका चन्द्र बहादुर नेपाली, बम बहादुर श्रीस, गौमति घर्ति र टेक बहादुर श्रीसको घर जोखीममा परेका बताईएको छ । त्यस्तै साबिकको रिघा बाड नं ९ को कल्छे भेडापुरेमा रहेका केही घरपरिबार पनि पहिरो उच्च जाखिममा परेको छन् ।

    सडकको ट्याक खोल्दा सडक मापदण्ड पुरा नगरी सडक निमार्ण भएकोले बढी पहीरो गएको स्थानिएको भनाई छ । त्यस्तै रिघाकै बिरौटामा मध्येपहाडी राजमार्गमा माथिबाट पहिरो आएपछि लोकमार्ग माथी रहेका करिब ४ घर पनि जोखीममा परेको बताईएको छ ।  मध्यपहाडी लोकमार्ग अन्तरगत तल्लो मजुबाबाट अर्ले हुदै बुर्तिवाङ जाने बाटोमा पहिरो जादा मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । गलकोट नगरपालीका वाड नं ११ रिघा अन्तरगर्त काउछे  मुहानबाट लगीयको गाईघाट सिचाँई कुुलो पहिरोले बगाउदा करिब २० हेक्टर जमिनमा कृषकले रोपाई गर्न नसक्ने भएको पत्रकार मित्र खरेलले बताउनुभयो ।

     जलकुनि मनेवा सिचाई कुलो ठाउँ ठाउँमा पहिरो जादा गल्कोट नगरपालिका बडा न ११ रिघा साबिक बडा न ६,७,र ८ मनेवा अर्मक्षा पाटा भेगमा मध्यपहाडि लोकमार्ग अवरुद्ध भएको थियो सो क्षेत्रमा आजै गलकोट नगरपालीकाका प्रमुख भरत शर्मा गैरे लगायत गलकोट नगरपालिका वाड न ११ बडा अध्यक्ष डम्मर श्रिस बाड न ८ का अध्यक्ष राम प्रसाद कँडेल सहितको  टोलीले  स्थलगत अनुगमन गरेको छ ।


    अनुगमनको क्रममा जोखीममा परेका परिबारले राहतको लागी माग गरेका थिए भने किसानले पहिरोले कुलो भत्किदा करिब २० हेक्टर जमिन सुक्का हुने जनाकारि दिदै  सो कुलो सिचाई द्धारा गरिने अवको खेतिमा बाट ठुलो क्षति पुग्नेमा चिन्तित ब्यक्त गरेका थिए । ९० एम. एमको १ सय मिटरको पाईपको प्रयोग गरि केही हेक्टर जमिनमा रोपाई सम्भब रहेको भएपनि अन्य भने सुख्खा रहने अनुगमन समितिका सदस्य रामप्रसाद कडेलले जानकारि दिनुभयो । आज दिउसो करिब १ बजे स्काभेटरको प्रयोगबाट पुष्पलाल मध्यपहाडी लोकमार्ग सुचारु भएको भएपनि सो क्षेत्र पहिरोको उच्च जोखीमा रहेको नुगमन समितिका सदस्य डम्मर श्रिसले जनकारि दिनुभयो । जलकुनि कुलोलाई संञ्चालन गरि अल्पकालिन र दिर्घकालिन योजना बनाउन कृषकले नगरप्रमुख गैरलाई आग्रह्  गरेका थिए । नगरप्रमुख शर्मा गैरेले उहाँले जोखीममा परेका परिबारलाई राहात को लागी सम्बन्धीत निकायमा पहल गर्ने बताउनुभयो ।


    सडक बिभागको मापडण्ड बिपरित खनिएका सडकले बिभिन्न स्थानमा पहिरो गएको खबर आईरहदा जोखीम तथा बिपत ब्यबस्थापनमा सम्बन्धीत निकायले यथासक्य छिटो ध्यान पु¥याउनु आबश्यक छ । सडक निमार्ण सकारात्मक पक्ष भएपनि भौगोलीक अबस्था हेरी मापदण्ड लअनुसार दिगो कार्ययोजना बनाएर निर्माण गर्ने तर्फ सडक डिभिजनले समयमै सोच्न पर्छ भने जोखीममा परेका बस्तीको ब्यबस्थापन गर्ने कार्य अबिलम्ब सुरु गर्नु जरुरि छ ।

    • Facebook Comments
    Item Reviewed: रिघामा ठाउँठाउमा पहिरो जादा दर्जनौ घर जोखीमामा Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top