728x90 AdSpace


  • ताजा समाचार

    Sunday, July 2, 2017

    महिला सशक्तिकरण तथा हिँसा बिरुदको नेतृत्वबिकास तालीम हरिचौरमा

    घनश्याम गौतम, असार १८ ।–
    साबिकको गाबिस स्तरीय महिला सञ्जाल हरिचौरको आयोजनमा दुई दिने महिला सशक्तिकरण तथा महिला हिँसा बिरुद्धको नेतृत्व बिकास तालिम आज सम्पन्न भएको छ ।

    तालिमको समापन समारोहमा बोल्दै गलकोट नगरपालीका बाड नं ५ का अध्यक्ष नारायण ध्वज मल्लले महिलाहरुले आफ्नो नेतृत्ब बिकास गरि महिला हिँसा बिरुद्ध आबाज बुलन्द गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मल्लले हिँसा सहेर बस्नु आफैमा गलत रहेको बताउदै महिला शशक्त रुपमा हिँसा बिरुद्धको गतिबिधीमा जुट्न आग्र्रह गर्नुभयो ।

    तालिममा बिशेष गरि महिलाको नेतृत्ब बिकास कसरि गर्न सकिन्छ,महिला हिँसाले समुदायमा पारेको प्रभाब, महिला माथि हुने हिँसा लगाएतको बारेमा सामुदायिक सेबा केन्द्र गलकोटकी अध्यक्ष मञ्जु शर्मा चालिसेले सहजिकरण गुर्नभएको थियो । तालिममा सञ्जालकी सल्लाहकार सदस्य सुनमाया ढकाल, सहभागी गुमा कार्की लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

     करिब ५० जनाको सहभागीता रहेको कार्यक्रम साबिकको गा बि स स्तरिय महिला सञ्जाल हरिचौरकी अध्यक्ष भगबति मल्लको अध्यक्षता, सहसचिब ज्ञानु खत्रीको स्वागत र सचिब कमला ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।


    • Facebook Comments
    Item Reviewed: महिला सशक्तिकरण तथा हिँसा बिरुदको नेतृत्वबिकास तालीम हरिचौरमा Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top