728x90 AdSpace


  • ताजा समाचार

    Sunday, July 2, 2017

    राष्ट बैङ्कद्धारा साउन देखि १० लाख माथिको नगद कारोबारमा रोक्न् बित्तिय सस्थालाई निर्देशन

    रेडियो गलकोट, असार १८ ।–
    साउन १ गतेदेखि १० लाख माथीको नगद कारोबारमा राष्ट्र बैंकले कडाईका साथ रोक लगाउने भएको छ ।

    राष्ट्र बैंकले बैशाख २८ गते नै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेर १० लाख वा सोभन्दा माथीको भुक्तानीमा अनिवार्य रुपमा एकाउन्टपेयी चेकको प्रयोग गर्न परिपत्र जारी गरिसकेको छ ।

    फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएको चेकहरुको भुक्तानी समेत एकाउन्टपेयी चेकबाट मात्रै गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
    यद्यपी कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाएर लिखित निवेदन दिएमा बैंक तथा वित्तीय संस्थाले आफैले निर्णय गर्न सक्ने सुविधा पनि दिइएको छ ।

    यसरी १० लाख वा सोभन्दा बढिको नगद भुक्तानी दिइएको मासिक जानकारी भने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको सुपरिवेक्षण बिभाग र वित्तीय जानकारी इकाइमा पेश गर्नुपर्ने  व्यवस्था गरिएको छ ।


    • Facebook Comments
    Item Reviewed: राष्ट बैङ्कद्धारा साउन देखि १० लाख माथिको नगद कारोबारमा रोक्न् बित्तिय सस्थालाई निर्देशन Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top