728x90 AdSpace


  • ताजा समाचार

    Monday, July 3, 2017

    बिभिन्न समितिको गठन गर्दै गलकोट नगरकार्यपालीकाको बैठक सम्पन्न

    खत्री भण्डारी र कडेंललाई आर्थिक,सामाजिक र पुर्वाधार विकासको जिम्मेबारी
    घनश्याम गौतम, असार १९ ।–
    गलकोट नगरपालीकामा आज नगरकार्यपालिकाको तेश्रो बैठक सम्पन्न भएको छ । आर्थिक बर्ष २०७४ ÷७५ को बार्षिक कार्यक्रम, योजना तथा कार्यक्रमहरु तयार गर्नको लागी आवश्यक सम्पुर्ण कामकाज तत्काल सुरु गर्ने तथा स्थानीय तहको योजना तथा बजेट तर्जुमा लगाएतका बिषयमा छलफल भएको नगरपालीकाले जनाएको छ ।

    बैठकले कार्यपालिकामा निर्णयको लागि पेश भएका प्रस्ताब बारे निणय गर्नको महत्वपुर्ण जिम्मेबारी सहित बिभिन्न समितिहरु गठन गरेको छ । जस अन्तरगत नर बहादुर खत्रीको संयोजकत्बमा आर्थिक विकास समिति, हिम बहादुर भण्डारी हेमन्तको संयोजकत्बमा सामाजिक विकास समिति, राम प्रसाद कँडेलको संयोजकत्बमा पुर्वाधार विकास समितिको संयोजकको जिम्मेबारी दिईएको छ ।

    त्यस्तै विरजँग भण्डारीको संयोजकत्बमा वातावरण तथा विपद व्यवस्थापन समिति, तिलक घर्तीमगरको संयोजकत्वमा सार्वजनिक सेवा तथा क्षमता विकास समिति, विष्णु वि.क सँयोजकत्वमा विधेयक समितिको गठन भएको गलकोट नगरपालीकाका कार्यकारी अधिकृत प्रदिप चन्द सुबेदीले जनाकारी दिनुभयो ।  उहाले स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ मा ब्यबस्था भए बमोजिम राजश्व परामर्श समिति, श्रोत अनुमान तथा बजेट निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गरीने बताउनुभयो ।

    आर्थिक बर्ष २०७४र७५ को नगरपालिकाको नीति तथा कार्यक्रम, बार्षिक कार्यक्रम तथा अन्य महत्वपुर्ण बिषयहरुका सम्बन्धमा  वस्ती र टोल स्तरवाट योजना छनौट असार २० र २१ गते , वडा स्तरीय योजना प्राथमिकिकरण असार २२ गते, राजश्व परामर्श समितिको बैठक तथा श्रोत अनुमान र बजेट सीमा निर्धारण समितिको बैठक आवश्यकता अनुसार गर्ने, बजेट तथा कार्यक्रम तर्जुमा समितिवाट बजेट तथा कार्यक्रमको तयारी पुन अर्को कार्यपालिकाको बैठकबाट निर्णय गर्ने निर्णय गरिएको छ ।


    गलकोट नगरपालीका वाड ६ स्थीत गलकोट नगरपालीकाको कार्यालयमा सम्पन्न बैठकले कार्यपालिकाको बैठकबाट बजेट तथा कार्यक्रमको स्वीकृत गरी सार्वजनिकिकरण गर्ने र नगर सभामा पेश गर्ने पुन अर्को कार्यपालिकाको बैठकबाट निर्णय गरिएको अधिकृत सुबेदीले जनाकारि दिनुभयो ।


    बजेट तथा निति कार्यक्रमको तयारीमा जुटेका बताउदै नगरप्रमुख भरत शर्मा गैरेले असार अन्तीम सातामा स्वीकृत, बजेट तथा कार्यक्रमको सार्बाजनिक गर्ने बताउनुभयो ।
    • Facebook Comments
    Item Reviewed: बिभिन्न समितिको गठन गर्दै गलकोट नगरकार्यपालीकाको बैठक सम्पन्न Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top