728x90 AdSpace


  • ताजा समाचार

    Monday, July 3, 2017

    गलकोटमा बिधुत बर्षातको घाम जस्तै बन्दा सेवाग्राही मर्कामा (अडियो सहित)

    घनश्याम गौतम, असार १९ ।–
    गलकोटमा लामो समयदेखी बिधुत आपुर्ति समस्या आउदा उपभोक्ता बिजुलि मुनीको अन्धकारमा बस्न बाध्य भएका छन् ।
     गलकोट नगरपालीका तथा बागलुङमा समेत बिधुतको आउने र जाने कुनै तालीका नहुदा सेबाग्रही मर्कामा परेका हुन् । गलकोटमा सोमबार साझ देखी बिधुत आपुर्तीमा निरन्तरता छैन् । बिधुत कतिबेला आउछ जान्छ कुनै पत्तो नै पाउदैन् उपभोक्ता ।
     बिधुत आपुर्तिमा के समस्या भएको हो भन्ने बिषयमा कुनै पनि कर्मचारीले सहि सुचना नदिई आफुलाई थाहा नभएको अर्को नम्बरमा फोन गनुहोस् एक घण्टामा बिद्युत आउछ मोदीबाटै गएको हो देशभर बिद्युत छैन् भन्ने जवाफ दिन्छन् ।
     राम्रो काम भएको खण्डमा मैले गरेको हो भन्न पछि नपर्ने गलकोटका राजनितिक दलका प्रतिनिधी अन्धकारमा बस्न तयार छन् तर समस्या समाधानको बारेमा सक्रियता देखाउन कुनै प्रयास गरेका छैन्न ।  बिधुत यसरी अनियमीत हुदा  राजनैतिक दल तथा सरोकारबालाहरुले चासो नदिई मौन बस्नु चिन्ताको बिषय रहेको प्रभु बैङ्क लीमिटेड गलकोटका प्रमुख चेतनारायण गौतमले बताउनुभयो । बिधुत आपुर्ती नहुदा गलकोटका उद्योग, ब्यबसाय तथा सञ्चार माध्यममा समेत प्रभाबीत भएका छन् ।

    बिधुत आउदैन् आयो भने कति भोल्टको आउने हो थाहा छैन् बिधुतको भोल्टेजमा उतार चढाब हुदा बिधुतीय समानमा खराबी आउने गरेको छ । समयमा कार्य सम्पादनमा त समस्या परेको छ नै सस्था सञ्चालनमा समेत समस्या आउन थालेको गलकोट एफ.एमका सचिब बिरबहादुर चोखालले बताउनुभयो ।

    अहिले गलकोटमा बिद्युुत आपुर्तिको मैले नेपाल बिद्युुत प्राधिकरण नो लाईट कार्यालाय बागलुङका ईन्जीनियर सदाम्ब वाला संग सबैभन्दा पहिले गलकोटमा अनियमित बिद्युुत आपुर्तिका प्रमुख समस्या के हुन भनेर सोधेका छु ?
    आवाज



    • Facebook Comments
    Item Reviewed: गलकोटमा बिधुत बर्षातको घाम जस्तै बन्दा सेवाग्राही मर्कामा (अडियो सहित) Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top