728x90 AdSpace


  • ताजा समाचार

    Friday, August 20, 2021

    सिटिको सहुलियत, साढे ९ प्रतिशत ब्याजदरमा कृषि कर्जा


    सिटि एक्सप्रेस बचत तथा ऋण सहकारीले ऋण लगानी निती परिर्वतन गरेको छ । 

    कोरोना भाईरस कोभिड १९ का कारण श्रृजित अबस्थालाई ध्यानमा राखेर सिटि एक्सप्रेसले लगानी निति परिवर्तन गरेको हो । सहकारीले कृषि कर्जा प्रवाह बार्षिक न्युनतम ९ दशमलव ५ प्रतिशत ब्याजदरमा अधिकतम ९ लाख रुपैया सम्म गर्ने नीति लिएको सिटि एक्सप्रेस बचत तथा ऋण सहकारी गलकोटका प्रबन्धक बीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सबै ब्यापार ब्यबसायमा कोरोनाले प्रभाबित बनाएको छ, श्रेष्ठले भन्नुभयो, सहकारीले समय र अबस्था अनुसार सहुलियत ब्याजदरमा लगानी गर्नुपर्ने अबस्थालाई मध्येनजर गरि ब्याजदर परिर्वतन गर्ने नीति लिएको हो । 

    सहकारीले कृषिमा ९ दशमलब ५ प्रतिशत ब्याजदरमा ९ लाख लगानी गर्ने भएपछि साना तथा मझौला उद्यमीको लागि पनि कोरोना प्रभाबमा ब्याजदर समाहित गर्न सदस्यको माग भएबमोजिम समायोजन गरेको छ । 

    सहकारीले १५ लाख रुपैया सम्मको कर्जा प्रवाह साना तथा मझौला उद्यमीहरुको लागी बार्षिक १० दशमलब ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जनाएको छ । 




    Next
    This is the most recent post.
    Older Post
    • Facebook Comments
    Item Reviewed: सिटिको सहुलियत, साढे ९ प्रतिशत ब्याजदरमा कृषि कर्जा Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top