728x90 AdSpace


  • ताजा समाचार

    Wednesday, January 25, 2017

    फागुनमा छैठौं राष्ट्रिपति रनिङ शिल्ड हुने

    सिर्जना पन्त/बागलुङ ,माघ १२
    जिल्ला खेलकुद विकास समिति बागलुङले बुधबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरेर छैठौं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुने जानकारी गराएको छ । खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले फागुनको एक दुई र तिन गते जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा एकैपटक प्रतियोगिता सुरु हुने जानकारी गराउनुभएको हो । उहाँले तिनवटै क्षेत्रबाट प्रत्येक खेलका प्रथम, दृतिय र तृतिय हुने खेलाडीहरु जिल्लामा आउँने र उनिहरुको विचमा फागुन ९, १० र ११ गते जिल्ला स्तरको प्रतियोगिता हुने बताउँनुभएको छ ।


    उहाँले खेलकुद र शिक्षा एक सिक्काका दुई पाटाहरु भएको भन्दैं विद्यालयहरुनै खेलाडि उत्पादनको जग भएको बताउँनुभयो । उहाँले जिल्लाका सबै विद्यालयहरुलाई प्रतियोगितामा सहभागीताको लागि आकर्षण गर्न प्रत्येक सहभागी विद्यालयलाई दश हजार रुपैया बराबरको खेल समाग्री प्रदान गरिने समेत बताँनुभएको छ । परियारले समितिले खेलमैदान निर्माण गर्न चाहाने विद्यालयलाई समितिले सहयोग समेत गर्ने बताउँनुभएको छ ।



    पत्रकार सम्मेलनमा प्रतियोगितामा एथ्लेटिक्स तर्फ छात्र, छात्रा दौड प्रतियोगिता, उफ्रने र फ्याक्ने तर्फ छात्र, छात्रा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो , नकआउट विधिबाट छात्र, छात्रा भालिवल, मार्सल आर्ट, कवड्डी, कराँते उसु, तेक्वान्दो लगाएतका खेलहरु हुने जानकारी गराईएको थियो । विगतकोे वर्षहरुमा क्षेत्र नम्बर दुई अन्तर्गतका विद्यालयका खेलहरु बलेवाको नारायणस्थानमा खेलाउँदा भौगोलिक कठिनाईको कारणले समस्याहरु आएको भन्दंै यो वर्षको प्रतियोगिता गल्कोटमा आयोजना गर्ने समितिले जनाएको छ ।



    त्यसैगरि क्षेत्रनम्बर दुईका बलेवा क्षेत्रका विद्यालयहरुलाई क्षेत्र नम्बर एकको प्रतियोगितामा समावेश गरिने समितिले जनाएको छ । करिब ११ लाख ४९ हजार खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषदबाट ६ लाख ९४ हजार रुपैया आउँने र बाँकी खर्च स्थानिय स्तरबाट जुटाउँने समितिले जनाएको छ । पत्रकार सम्मेलन जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, उपाध्यक्ष शम्भु आचार्यको स्वागत र सदस्य सचिव भिमसेन शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
    • Facebook Comments
    Item Reviewed: फागुनमा छैठौं राष्ट्रिपति रनिङ शिल्ड हुने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top