728x90 AdSpace


  • ताजा समाचार

    Wednesday, January 25, 2017

    सर्वसिद्धिधाममा तेस्रो महायज्ञ हुदै ,९ करोडको पूर्वाधार निर्माण !

    कोपिला कंडेल
    बागलुङ्ग, १३ माघ
    बानपा ८ पंञ्चकोट स्थित सर्वसिद्धिधाममा १ सय ८ फिट अग्लो कलस निर्माणका लागि तेस्रो महायज्ञ हुने भएको छ । पञ्चकोट बिराट श्री महायज्ञ मुल आयोजक समितिले आज बागलुङ्गमा पत्रकार भेटघाटको आयोजना गरी आगामी फागुन ९ गते देखी १७ गते सम्म बिराट ज्ञान महायज्ञ गरिने जनाएको छ । 


    जिल्लालाई धार्मिक तथा पर्यटकिय गन्तब्यको रुपमा बिकास गर्नका लागि सर्वशिद्धिधाममा अनन्त श्री बिभुषित मुक्तिनाथ पिठाधिश्वर स्वामी श्री कमलनयनाचार्यको अगुवाईमा सो क्षेत्रलाई पबित्र तिर्थस्थलको रुपमा बिकास गर्ने उदेश्यले बिभिन्न योजना अगाडी सारिएको हो । आगामी महायज्ञबाट भएको. आम्दानी भने कलश निर्माणका लागि मात्र खर्चिने महायज्ञ मुल आयोजक समितिका सहअध्यक्ष नगेन्द्र प्रसाद शर्माले जानकारी दिनुभयो । सो क्षेत्रलाई मुलुककै पर्यटकिय तिर्थस्थल निर्माण गर्ने उदेश्यले आयोजित बिभिन्न पुर्वाधार निर्माणका लागि हाल सम्म रु. ९ करोड खर्च भैसकेको छ ।



    बिगतका धनधान्याञ्चल एबं महायज्ञबाट संकलित १२ करोड मध्य ९ करोड रकम खर्च भैसकेको प्रतिनिधी अध्यक्ष शर्माले जानकारी दिनुभयो । १ सय ८ किलोको कलश सहित सो क्षेत्रमा ५ हजार ५ सय ५५ किलोको महाघण्टी, १ सय ८ गाई पालनका लागि गौशाला निर्माण लगायतका बिभिन्न योजना निर्माणका लागि बिभिन्न पुर्वाधारको शुरु गरिएको छ, अध्यक्ष शर्माले भन्नुभयो, योजना निर्माणका लागि समय समयमा बिभिन्न धार्मिक कार्य संचालन हुनेछन् । त्यसैगरी पञ्चकोटमा अगाडी सारिएको योजना सम्पन्न गर्नसके बागलुङ्ग लगायत धौलागिरी नमुना जिल्ला र अंचलको रुपमा चिनिने महायज्ञ मुल आयोजक समितिका महासचिव बसन्त कुमार श्रेष्ठले बताउनु भयो । 



    उहांले हाल सम्म पञ्चकोटमा ३० किलो मिटर मोटर बाटो, १ लाख लिटरको पानी ट्यांकी निर्माण, सो क्षेत्रको संरक्षणका लागि तार जाली, अतिथि आवासका लागि चारतले भवन निर्माण, गरुणसिला,गणेसमन्दिर, पदमार्ग निर्माण लगायतका कार्य सम्पन्न भैसकेको जानकारी दिनुभयो । सो अवसरमा स्थानिय बिकास अधिकारी राम प्रसाद आचार्यले योजना सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रमा उद्योग बाणिज्य सघंका महासचिव दयाराम पौडेलले योजना सम्पन्न गर्नका लागि सबैले आआफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउनुभयो । 



    महायज्ञको पहिलो दिन सवाकरोड तिलको लड्डु कालिगण्डकीमा अर्पण गर्ने मुल आयोजक समितिले जनाएको छ । कार्यक्रम महायज्ञ मुल आयोजक समितिका सहअध्यक्ष नगरेन्द्र प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष खेम प्रसाद शर्माको स्वागत मन्तब्य र महासचिव बसन्त कुमार श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
    • Facebook Comments
    Item Reviewed: सर्वसिद्धिधाममा तेस्रो महायज्ञ हुदै ,९ करोडको पूर्वाधार निर्माण ! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top