728x90 AdSpace


  • ताजा समाचार

    Thursday, February 16, 2017

    नरेठाटी देखि दुदिलाभाटीको यात्रामा सहजता

    रेडियो गलकोट, गुमानसिंह भण्डारी ।

    नरेठाटी हुदै दुदिलाभाटी जोड्ने ग्रामिण मोटरबाटो मर्मत भएसँगै आवतजावतमा सहजता भएको छ । दुई गाबिस जोड्ने छोटो दुरीको उक्त मोटरबाटो मर्मत भएपछि सवारी साधन सँगै यात्रुहरुलाई आवतजावतका लागी सहजता भएको हो ।
     यतिबेला सोहि मोटरबाटो भएर साना तथा ठुला सवारी साधनहरु आवतजावत गर्ने गरेका छन । बर्षातको भल र खेतधनिहरुले मोटरबाटोको माध्यमबाट खेति सिचाई गर्ने गरेका कारण खाल्डाखुल्डी पर्ने गरेको स्थानिय जिवन भण्डारीले बताउनुभयो । गत केहि बर्ष दुदिलाभाटी र नरेठाटी गाबिसको आर्थिक सहयोगमा मोटरबाटो निर्माण गरिएको हो । नरेठाटी देखि मौरीया, काफलठुटा हुदै दुदिलाभाटी जोड्ने मध्यपहाडी लोकमार्गबाट यात्रा गर्दा भन्दा उक्त ग्रामिण मोटरबाटो भएर यात्रा गर्न आधा समय बचत हुने गरेको भण्डारीको भनाई छ ।
     बर्षातको समयमा भलले जम्मा गरेको बालुवालाई मोटरबाटोमा बिच्छाएपछि पैदल यात्रिलाई समेत यात्राका लागी सहजता भएको नरेठाटी खण्डका मोटरबाटो मर्मत समितिका सचिव बुल बहादुर केसीले बताउनुभयो । दुदिलाभाटी खण्डको करिब २ किलोमिटर मोटरबाटो मर्मत गरे आवतजावतमा थप सहजता हुने मोटरबाटो निर्माण समितिका अध्यक्ष यम श्रीसले बताउनुभयो ।

    • Facebook Comments
    Item Reviewed: नरेठाटी देखि दुदिलाभाटीको यात्रामा सहजता Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top