728x90 AdSpace


  • ताजा समाचार

    Thursday, February 16, 2017

    गाँउ संचार समिति हिलको संयोजकमा निउरे

    रेडियो गलकोट ।
    गाँउ संचार समिति हिलको नयाँ कार्य समिति आज गठन गरिएको छ । मन्दिप निउरेको अध्यक्षयतामा १७ सदस्यि समिति गठन भएको छ । समतिको उपाध्यक्षमा सिता सापकोटा कोषाध्यक्षमा गोमा थापा सचिवमा शान्ता खत्री  सहसचिवमा सलिना थापा रहनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा श्रीमाया घर्ती, ज्ञान बहादुर थापा कोपिला चालिसे होमनारायण बगाले हेमन्त घिमिरे नबिन चोखाल रमेश घर्ती सबिता खत्री रबिन बि.क, विकाश सुवेदी कृष्ण चोखाल भविमाया रोका रहनुभएको छ । त्यस्तै ३ सदस्यि सल्लाहकार समिति समेत गठन गरिएको छ ।
    समितिको सदस्यहरुमा कर्ण बहादुर कार्की मन बहादुर लामिछाने कुलन बहादुर थापा र राम बहादुर खत्री रहनुभएको छ ।
    कार्यक्रममा सम्पुर्ण शिक्षकहरुको तर्फबाट जनता प्रा.वि हिलका प्र.अ चित्र थापा सम्पुर्ण राजनितिक दलको तर्फबाट ने.क.पा माओवादी केन्द्र हिलका अध्यक्ष पुरन थापा सम्पुर्ण महिलाहरुको तर्फबाट महिला विकास समिति हिलकी सचिव दुर्गा कार्की सम्पुर्ण विद्यार्थीहरुको तर्फबाट रविन बि.क लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा गाउ संचार समिति हिलका अध्यक्ष मन्दिप निउरे नयाँ प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम सामाजिक परिचालक हर्क बि.क को अध्यक्षता र सचिव शान्ता खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    • Facebook Comments
    Item Reviewed: गाँउ संचार समिति हिलको संयोजकमा निउरे Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top