728x90 AdSpace


  • ताजा समाचार

    Thursday, February 16, 2017

    भ्यालेन्टाइनस डे विश्वभर आपसमा प्रेमभावपूर्ण उपहार साटासाट (अडियो सहित)

    घनश्याम गौतम, रेडियो गलकोट ।

    आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइनस डे विश्वभर आपसमा प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाईएको छ ।
    हेरक वर्ष १४ फेब्रअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वकै रुपमा प्रणय दिवस मनाइन्छ ।
    युवायुवतीले प्रेमिप्रेमिकालाई प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्ने गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ । प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ ।
    प्रणय दिबसबारे गलकोटमा कुनै औपचारीक कार्यक्रम नभएपनि आपसमा प्रणय दिबस मनाएका छन् । प्रेम दिबस अर्थात प्रणय बिवसलाई कसरि लिनुपर्छ भनेर हामिले केहि युबा युबतिलाई सोधेका छौ ।
    सुनौ उनिहरुको आबाज जस्ताको त्यस्तै । 

    • Facebook Comments
    Item Reviewed: भ्यालेन्टाइनस डे विश्वभर आपसमा प्रेमभावपूर्ण उपहार साटासाट (अडियो सहित) Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top