728x90 AdSpace


  • ताजा समाचार

    Saturday, June 3, 2017

    बेदबेदाङ्ग बिधाआश्रमको स्तरउन्नती गर्न नगरपालीकाकाले सहयोग गर्ने

    रेडियो गलकोट जेठ २० ।
    गलकोट बेदबेदाङ्ग बिद्याआश्रमको आठौं वार्षिकोत्सब अबसरमा बुधबार देखि सुरु भएको ५ दिने नन्द्रि सुर्य प्राण प्रष्तिठा कार्यक्रमको चौथो दिन आज गलकोट नगरपालीकाका नबनिर्बाचीत जनप्रतिनिधीलाई स्बागत तथा बधाई ज्ञापन गरीएको छ ।
    गलकोट बेद बेदाङग बिद्धाश्रमको आयोजनामा सञ्चालन गरिएको धनधन्याञ्चल महायज्ञमा संकलन भएको रकमबाट २ कोठे भबन तथा जिल्ला शिक्षा कार्यालय बागलुङको सहयोगमा निर्मीत २ कोठ भबनको आज गलकोट नगरपालीका का नगर प्रमुख भरत शर्मा गैरेले उद्घाटन गर्नुभएको छ ।

    उत्घाटन गर्दै बेदबेदाङ्ग बिधाआश्रमको स्तरउन्नती गर्न नगरपालीकाकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्ति गर्नुभएको थियो । त्यसै गलकोट नगरपालीकाकी नगर उपप्रमुख रेनुका काउचाले आफुलाई सास्कृतिक कार्यक्रमप्रति रुचि रहेको बताउदै सस्ंकृति संरक्षण गर्दै बिद्या आर्जनको बातबरण निर्माण गर्ने कार्य गरेको आश्रमलाई आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।
     कार्यक्रमको चौथो दिन गलकोट नगरबाट नबनिर्बाचित ५७ जना जनप्रतिनिधीलाई स्बागत तथा बधाई एब सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो । बिद्धाआश्रममा १६ लाखको लागतमा निर्माण गरिएको मन्दिरको आर्थिक ब्यवस्थापनलाई पहिलो प्राथमिता दिएर सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत भजनकृतन सम्पन्न भएको छ । पण्डित ब्यास आचार्य किशोर गौतमको प्रवचन रहेको कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुर्णभन्द्र गौतमको अध्यक्षता, शिक्षक मोहनदत्त चालिसेको स्वागत र बिद्यालयका आर्थिक ब्यबस्थापन समितिका संयोजक हर्कबहादुर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    • Facebook Comments
    Item Reviewed: बेदबेदाङ्ग बिधाआश्रमको स्तरउन्नती गर्न नगरपालीकाकाले सहयोग गर्ने Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top