728x90 AdSpace


  • ताजा समाचार

    Wednesday, July 5, 2017

    रिघामा पहिरोले ११ घर जोखीमामा, अबरुद्ध लोकमार्गमा सुचारु पहिरोको उच्च जोखीम

    घनश्याम गौतम, असार २१ /
    गलकोट नगरपालीकका बाड नं ११ रिघाको मनेबा पाटमा लगातार बर्षाका कारण पहिरोे जादा  गलकोट नगरपालीका बाड नं ११ रिघाका चन्द्र बहादुर नेपाली, बम बहादुर श्रीस, गौमति घर्ति र टेक बहादुर श्रीसको घर जोखीममा परेका बताईएको छ ।

    त्यस्तै साबिकको रिघा  गाबिस बाड नं ७ मनेवा पाटामा पहिरो जादा ७ भ.घर जोखीममा परेको बाड नं ११ का बाड अध्यक्ष डम्मर बहादुर श्रीसले बताउनुभयो । उहाँका अनुसार रिघाकै मनेबापाटामा रहेको बालज्योती प्राथमिक बिद्यालय पनि पहिरोको उच्च जोखीमा परेको छ ।

    रिघाको भेडामुरे गाईघाटमा ४ घर जोखीमा परेका छन् । श्रीसका अनुसार जोखीममा परेका घर परिबार मध्ये केही परिबारले अनेत्र सरेका छन् ।

    त्यस्तै पुष्पलाल मध्येपहाडि लोकमार्ग पटकपटक अबरुद्ध बनेको छ । लोकमार्गको मनेबापाटमा निरन्तर पहिरोझरेको छ । अबरुद्ध लोकमार्ग सुचारु भएको केही समयमै पुन पहिरो जाने गरेको छ ।

    आज बिहान ८ बजेबाट अबरुद्ध भएको सडक दिउसा १ बजेबाट  सुचारु भएको थियो ।  सो खण्डमा करिब १ सय ५० मिटर माथि देखी पहिरो गएको तथा गाईघाटमा करिब ४० मिटरमाथिबाट पहीरो भरेका बाड अध्यक्ष श्रीसले जानकारी दिनुभयो ।

    सडक अबरुद्धहुदा सयौ यात्रु अलपत्र परको प्रहरी चौकी खर्बाङले जनाएको छ । सो क्षेत्रमा गत फागनुमा सुख्खा पहिरो गएको थियो ।

    • Facebook Comments
    Item Reviewed: रिघामा पहिरोले ११ घर जोखीमामा, अबरुद्ध लोकमार्गमा सुचारु पहिरोको उच्च जोखीम Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top