728x90 AdSpace


  • ताजा समाचार

    Friday, July 7, 2017

    गलकोट नगरपालीकाद्धारा गाउँ बस्तीमा सुझाब संकलनलाई तिब्रता


    घनश्याम गौतम, असार २२ ।–
    गलकोट नगरपालिकाले गाउँ तथा बस्ती स्तरका योजना तथा सुझाब संकलन लाई तिब्रता दिएको छ ।

    गलकोट नगरपालीकाले ११ ओटा बाडका हरेक बस्ती बस्ती तथा टोलमा भएका साना देखी ठुला योजना तथा दैनिक जिबनमा जोडिएका बिषय र बिकासका कार्यको बारेमा सुझाब संकलन लाई तिब्रता दिएको हो ।

    आर्थिक बर्ष २०७४÷०७५को लागी गलकोट नगरपालिकाको निति तथा कार्यक्रम तर्जुमाको चरणमा गलकोट नगरपालीका जुटेको नगरपालीकाका कार्यकारी अधिकृत प्रदिप चन्द सुबेदीले जनाकारि दिनुभयो ।

    सो निति तथा कार्यक्रम अन्तरगर्त टोल टोलका योजनालाई प्राथमिकिरण गर्नकोलागी नगरपालीका लागी परेको उहाले बताउनुभयो । सुबेदीका अनुसार गलकोटमा कार्यक्षेत्र बनाएर काम गरिरहेका बिषयगत कार्यालयहरु सरकारी संघ सस्थाहरु तथा गैरसरकारी र सामुदायिक सस्थाहरुलाई आगामी आर्थिक बर्षमा संचालन गर्ने कार्यक्रमहरु ऋसार २६ गते भित्र गलकोट नगरकार्यपालीकामा उपलब्ध गराउन समय दिइएको छ ।

     त्यस्तै समृद्ध गलकोट निर्माणको लागी बिभिन्न सस्था तथा सरोकारबाला संग भएका नितिगत प्रस्ताब तथा सुझाबहरुपनि असार २६ गते भित्र नै उपलब्ध गराउन गलकोट नगरपालिकाले आग्रह गरेको छ ।

    • Facebook Comments
    Item Reviewed: गलकोट नगरपालीकाद्धारा गाउँ बस्तीमा सुझाब संकलनलाई तिब्रता Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top