728x90 AdSpace


  • ताजा समाचार

    Wednesday, July 5, 2017

    लगातारको बर्षाले जनजिबन कष्टकर, बिभिन्न स्थानमा बाढी र पहिरो

     घनश्याम गौतम, असार २१ /
    गलकोटमा सोमबार देखी लगातार बर्षा भैरहेको छ । अझ केहि दिन निरन्तर बर्षा हुने मौसमविदले बताएका छन् । मनसुन सक्रिय भएसँगै पानी पार्ने न्यूनचापीय रेखा नेपाल नजिक आएकाले अब लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

     उहाँका अनुसार यसकै प्रभावले गएरातिदेखि नै देशभरको मौसम बद्ली भएको छ । मंगलबार र बुधबार देशका धेरै ठाउँमा पानी परेको छ भने मध्य र पश्चिम क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षा हुने अनुमान छ ।

    यसैबिच
    लगातारको बर्षाले जनजिबन कष्टकर बनेको छ । पछिल्लो समयमा निरन्तरको बर्षाले गर्दा गलकोटको बिभीन्न ठाँउमा बाढी तथा पहिरो गएको छ । कुनै ठाँउमा पहिरोले घर जोखिमामा परेका छन् ।
    मध्यपहाडि लोकमार्ग अबरुद्ध हुदै आएको छ ।


    गलकोटका स्थानिय ग्रामीण मोटरबाटो पनि अबरुद्ध बनेका छन् कतिपय मोटरबाटोमा भलले खाल्डाखुल्डी पारेको छ । भने कतिपय सडक माथिबाट पहिरो जादा बाटो अबरुद बनेकाछन् ।

     दैनिक मजदुरी गर्ने किसानहरुलाई समेत बर्षले गर्दा समस्या पारेको छ । रोपाई गर्न, कोदो रोप्न लगाएतका काम गर्न असहज भएको कुषकले बताएका छन् ।

     पैदल यात्रा गर्ने यात्रुलाई त पानिले यात्रा कठिन बनाएको छ नै सबारी साधनमा यात्रा गर्दा बिभिन्न ठाउबाट सबारी परिर्बतन गर्नुपर्ने, गाडिबाट झरेर पदैल हिड्नुपर्ने बाध्यता रहेको यात्रुले बताउने गरेका छन् ।

    • Facebook Comments
    Item Reviewed: लगातारको बर्षाले जनजिबन कष्टकर, बिभिन्न स्थानमा बाढी र पहिरो Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top