728x90 AdSpace


  • ताजा समाचार

    Tuesday, July 4, 2017

    गलकोटलाई प्रर्यटकिय नगरको रुपमा बिकास नगरप्रमुख शर्माको भनाई

     घनश्याम गौतम, असार १८ ।–
    गलकोट नगरपालीकालाई प्रर्यटकिय नगरको रुपमा बिकास गर्ने नगर प्रमुख भरत शर्माले बताउनुभयो । गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङ र गलकोट कला प्रतिष्ठानको संय्ुक्त आयोजनामा स्थानिय जनप्रतिनिधीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै गलकोट नगरपालीकाका प्रमुख गैरेले गलकोट नगरपालीकाको मुख्य प्रयटकीय आधार घुम्टे रहेको बताउनुभयो ।

    उहाँले हरेक बिकासको लागी आफु सधै जनता संग हातेमालो गर्ने बताउनभयो । उहाले भन्नुभयो 'कर्मचारीको अभाबले नगरको कार्यसम्पादनमा समस्या भएको छ, केही दिनमै निति तथा कार्यक्रम सार्बजनिक गर्ने छौ ।' कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गैरेले सबै कार्यक्रममा हरेक क्षेत्रलाई समान महत्बका साथ प्राथमिकीकरण गर्ने प्रयासमा जुटेको बताउनुभयो ।  गैरेले जनप्रतिनिधीलाई कर्तब्य प्रति जिम्मेबार, गतिबिधी प्रति सचेत बनाउने कार्यक्रमको आयोजना गरेको भन्दै आयोजकलाई धन्यबाद दिनभयो ।

    कार्यक्रम बोल्दै ताराखोला गाँउपालीकाका प्रमुख प्रकाश घर्ति मगरले समृद्ध गलकोट निर्माण गर्न श्रोतको मापन गरेर बिकासको कार्यलाई प्राथमिकीकरण गर्ने बताउनुभयो । घर्तिले भन्नुभयो 'साझा गलकोट बनाएर बिकास गर्न म पुर्ण प्रतिबद्ध छु । हरेक समस्यामा हामीले हातेमालो गरी समृद्ध गलकोट निमार्णमा जुटौ ।' उहाँले गलकोटको एकिकृत रुपमा बिकास गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

    त्यस्तै  पुर्ब सभाषद क्या पुर्ण बहादु्र रानाले प्रर्यटकिय गन्तब्यको रुपमा गलकोटको बिकास गर्न जनप्रतिनिधीलाई आग्रह गनुभयो । त्यस्तै गलकोट घुम्टे प्रर्यटन बिकास केन्द्रका सदस्य तथा पृथ्बी माध्यमिक बिद्यालय हरिचौरका प्रधानाध्यापक बद्रि प्रसाद ढकालले गलकोट प्रर्यटकिय क्षेत्रको सुचिमा सुचिकृत नभएको तथा प्रयटकिय संभाबना बोकेको तर तुलनात्मक बिकास हुन नसकेको गन्त्ब्यको सुचीमा पनि गलकोट नपरेकोले तत्काल सुचीमा सुचीकृत गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा गलकोट नगरपालीकाका नगरप्रमुुख भरत शर्मा गैरे, तारा गाउपालीकाका अध्यक्ष प्रकाश घर्तिमगर गलकोट नगरपालीका बाड नं ६ काअध्यक्ष नरबहादुर खत्री, बाड नं ५ का अध्यक्ष नारायणध्बज मल्ल, बाड नं ५ का सदस्यहरु कमला ढकाल, यम बहादुर खत्री, याम बहादुर बस्नेत, बिष्णु बिक  लगाएतलाई सम्मान गरिएको थियो । गलकोट नगरपालिकाका नब निर्वाचित प्रमुख उपप्रमुख तथा ११ वटा वार्डका वार्ड अध्यक्षहरु र ताराखोला गाँउपालिकाका अध्यक्ष उपाध्यक्ष र ५ वटा वार्डका अध्यक्ष हरुलाई सम्मान गर्ने तयारी गरिएको भएपनि कार्य ब्यस्तताको कारणले अन्य प्रतिनिधी कार्यक्रममा सहभागी हुन नसकेको आयोजकले जनाएको छ । कार्यक्रममा गलकोट घुम्टे प्रर्यटन बिकास केन्द् सल्लाहकार सदस्य हर्क बहादुर पाण्डेले समृद्धि शब्द जस्तै गलकोटलाई ब्याबहारमा पनि समृद्ध बनाउनुपर्ने बताउनुभयो । त्यस्तै सल्लाहकार मञ्जु् शर्मा चालिसेले नमुना गलकोट बनाउन गलकोटमा भएका सम्भाबनालाई ठोस निति तथा कार्यक्रम बनाउनाएर बिकासमा जुट्नुपर्ने बताउनुभयो ।
    केन्द्रका लेखा समिति सयोजक पुर्ण चोखालले सबैको साझा निति तथा कार्यक्रम बनाएर समग्र गलकोटको बिकास गर्नु आजको आश्यकता रहेको बताउदै हरेक समस्यालाई प्राथमिकिकरण गर्नुपर्ने बताउनुभयो । गलकोट कला प्रतिस्ठानका सदस्य ओम सुनारले प्रर्यटन मैत्री नगर बनाउनुपर्नेमा जोड दिनुभयो ।


    सो अबसरमा नगर प्रमुख र गाँउपालीका प्रमुख समक्ष गलकोट घुम्टे प्रर्यटन बिकास केन्द्रका सचिब शेर बहादुर थापाले सस्थाको अपिल पत्र तथा कार्ययोजना पत्र एबं गलकोट कला प्रतिष्ठानकी सचिब सुनमाया ढकालले प्रतिष्ठानको कार्ययोजना मुर्तिकला कार्यशालाको लागी आबश्यक बजेट लागाएतको बारेमा मागपत्र प्रस्तुत गनुभएको थियो । कार्यक्रमा गलकोट नगरपालीकाका बाड नं ६ काअध्यक्ष नरबहादुर खत्री, र बाड नं ५ का अध्यक्ष नारायणध्बज मल्लले धन्यबाद मन्तब्य राख्नुभएको थियो ।

    कार्यक्रममा जनप्रतिनिधीलाई स्बागत गदै गलकोट कला प्रतिष्ठानका कोषध्यक्ष यम बहादुर श्रीसले गलकोटमा बिकास गर्नुपर्ने सम्भाबित क्षेत्रहरु, प्रयटनको महत्ब तथा आधार एब सँस्थाको बारेमा जानकारि गराँउनुभएको थियो । कार्यक्रम गलकोट गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङका अध्यक्ष झंक बहादुर बस्नेतको अध्यक्षता तथा केन्द्र सचिब एबं प्रतिष्ठानका सहसचिब शेर बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    • Facebook Comments
    Item Reviewed: गलकोटलाई प्रर्यटकिय नगरको रुपमा बिकास नगरप्रमुख शर्माको भनाई Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top