728x90 AdSpace


  • ताजा समाचार

    Friday, July 7, 2017

    गलकोट समाज युकेद्धारा अनाथ बालबालिकालाई सहयोग हस्तान्तरण

    घनश्याम गौतम,असार २३  गलकोट /
    गलकोट समाज यु के ले गलकोट नगरपालिका वार्ड ३ बोहोराफाँटका दुई बालबालिकालाई एक कार्यक्रमका बिच सहयोग हस्तान्तरण गरेको छ ।
    गलकोट समाज युकेका कोषाध्यक्ष भरत खत्री र राजु बोहोराको नेतृत्बमा गठित आर्थिक सहयोग समितीले संकलन गरेको रकम हस्तान्तरण गरिएको हो । समितीले संकलन गरेको कलित १ लाख ५० हजार रुपैया गलकोट नगरपालिका वार्ड न ं३ बोहोराफाँटका १३ वर्षिया नविन बोहोरा र १५ वर्षिया वविता बोहोरालाई हस्तान्तरण गरेको हो ।

    कार्यक्रममा बोल्दै कोषाध्यक्ष भरत खत्रीले नेपाललाई जन्मथलो बनाएर विदेशमा दुःख गरिरहेका गलकोटे दाजुभाई तथा दिदिबहिनिहरुले आफुले कमाएको केहि अँश छुट्टाएर बाबु आमा गुमाएका ,आर्थिक अवस्था कमजोर रहेका ति बालबालिकाहरुलाई सहयोग गरेको बताउनुभयो । खत्रीले समाजद्धारा संकलित रकम मन कुमारी बोहोरा संरक्षक रहने गरि प्रभु बैक हटियामा बालबालिकाको नाममा खाता खोली जम्मा गर्ने गरि चेक हस्तान्तरण गनुर्भएको थियो ।े ।
    सो रकम उनीहरुको शिक्षा दिक्षामा लगाईदिन समेत उहाँले आग्रह गर्नुभयो । बैकमा संकलित रकम दुवै बालबालिका १६ वर्ष नपुगेसम्म अक्षयकोष रकम चलाउन नपाइने र सो अवधिसम्म व्याज मात्र प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।

    त्यस्तै कार्यक्रमका अवसरमा गलकोट नगरपालिका वार्ड नं ३ का वार्ड अध्यक्ष विरजङ भण्डारीले गलकोट समाज युकेलाई धन्यवाद दिदै गलकोटबाट विदेशमा रहेर पनि गलकोटवासीलाई दुःख पर्दा गलकोटबाट विदेशमा रहनुभएका नेपालीहरुले गलकोटको लागि सहयोग गर्नु सकारात्मक रहेको बताउदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताउनुभयो । उहाँले समाजले उक्त परिवारलाई दिएको रकम बच्चाकै पालनपोषण, शिक्षा स्बास्थ्यमा खर्च गर्न समेत आग्रह गनुभयो ।  कार्यक्रम गलकोट नगरपालिका वा यस अघि जनसिजृनशिल युवाक्लवले कपडा सहित नगद रु १० हजार रकम हस्तान्तरण गरेको थियो । कार्यक्रम गलकोट नगरपालिका वार्ड नं ३ का अध्यक्ष विरजंग भण्डारीको अध्यक्षता र वार्ड नं ३ र ४ का सचिव कुलराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

    • Facebook Comments
    Item Reviewed: गलकोट समाज युकेद्धारा अनाथ बालबालिकालाई सहयोग हस्तान्तरण Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top